जमिन भासिएर तीन घर जोखिममा

पोखरा, ५ साउन/लगातारको वर्षाले जमिन भासिएपछि, पोखरा—१६ को महेन्द्रगुफा मार्गका तीन घर जोखिममा परेका छन् । विगत केही दिनदेखि परेको पानीले जमिन भासिदा महेन्द्रगुफा मार्ग अन्तर्गत बाटुलेचौरको मैदान देखि गुफा सम्मको सडकखण्ड अवरुद्ध भएको छ भने गोमा श्रेष्ठ सहित अन्य ३ जनाको घर जोखिममा परेका छन् ।

शनिबार बेलुका परेको पानीले सडकको केही भासिएको र आइतबार परेको पानीले थप २ ठाउँमा भासिनुका साथै भुवान नै परेको छ । सडक भासिएपछि स्थानियवासीले त्यस सडक खण्डमा यातायात संचालनमा रोक लगाएका छन् । त्यस क्षेत्र भएर चल्ने सवारीसाधन अहिले मैदान अमला विसौनी, चमेरीगुफा हुदैँ महेन्द्रगुफा जाने गरेका छन् । त्यस सडक खण्ड भएर अर्मला, जोगीमाढी हुदैँ सवारी सञ्चालन हुने गरेको छ ।

घर र सडक नै जोखिममा पर्ने गरी जमिन भासिदा पनि प्रशासनले ध्यान नदिएको भन्दै स्थानियवासी आक्रोशित भएका छन् । उनीहरुले जमिन भासिएको तीन दिन हुदाँ पनि पोखरा उपमहानगरपालिकाले नियन्त्रणका लागि चासो नदिएको बताएका छन् । स्थानियवासीको सक्रियतामा भूवान परेको ठाउँ पुरिएता पनि पानी परी रहे थप भासिन सक्ने बताइएको छ । केही दिन देखि त्यस क्षेत्रमा जमिन भासिने क्रम बढ्दै गएको छ ।

Comments are closed.