जलाधार क्षेत्र व्यवस्थापन योजना निर्माण

पोखरा, १३ साउन/फेवा एकिकृत जलाधार क्षेत्र व्यवस्थापन योजना निर्माण सम्बन्धमा पोखरामा अन्तरक्रिया भएको छ । योजना निर्माणका सवालमा आवश्यक सुझाव संकलनका लागी कार्यक्रम गरिएको जिल्ला भू–संरक्षण कार्यालय कास्कीका भू–संरक्षण अधिकृत उद्धव घिमिरेले जानकारी दिए ।
कार्यक्रमका सहभागीहरुले फेवा जलाधार क्षेत्रको सिमांकन गरेर मात्रै एकीकृत जलाधार विकासको गुरुयोजनाका साथ अगाडी बढ्नुपर्नेमा जोड दिए । साथै उनीहरुले सरोकारवाला सबैको अर्थपूर्ण सहभागीता हुनुपर्ने सुझाव दिएका छन् ।
कार्यक्रममा गैर सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष गोपाल खड्का, महिला तथा बालकालिका कार्यालय कास्कीकी महिला विकास अधिकृत लक्ष्मि जिसि, पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली, इम्प्रेड नेपालका प्रोग्राम म्यानेजर कुलदिप पौडेल, जिल्ला वन कार्यालय कास्कीका प्रमुख प्रभात सापकोटा, जिल्ला विकास कास्कीका रोमनाथ उपाध्याय, जैविक विधिधता उद्यानका दिनेश बराल, पोखरा उपमहानगर पालिकाका महेन्द्र गोदार र पञ्चासे संरक्षित वन कार्यक्रमका सोमेश्वर कुमार दास लगायतले बोलेका थिए ।

Comments are closed.