१९ चैत, काठमाडौँ । पुर्वप्रधानमन्त्री एवं जसपाका अध्यक्ष बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा) ले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी नहुने कुरा बताएका छन् ।
ट्विटरमा लेख्दै उनले भनेका छन्, ‘जसपाले ओलीतन्त्रको घाँस खान्न ! चेतना भया !’ यसका साथै भट्टराईले रेशम चौधरी लगायतका राजबन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोड्न पनि आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘रेशम चौधरी लगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासंग नजोडियोस्!के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो! के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस÷कम्युनिष्ट पंचायत छिरेका थिए?’from online khabar
Comments are closed.