आगामी १४ गते कास्की क्षेत्र नं २ मा उपनिर्वाचन हुदैछ । मुख्य राजनितिक दलहरुसहित विभिन्न स्वतन्त्र उमेदवार गरी २१ जनाले चुनावी मैदानमा प्रतिष्पर्धा गर्दैछन् । राजनितिक दलहरु र स्वतन्त्र उमेदवार सबै यतिबेला प्रचारका क्रममा घरदैलो र अन्य कार्यक्रमहरु पनि गरीरहेका छन् । तीमध्ये एक उमेदवार, जसले सर्वोच्व शिखर सगरमाथा , मनास्लु सहित आईल्याण्डपिक हिमालको सफल आरोहण गरीसकेकास्वतन्त्र उमेदवार नबराज बास्तोलासँग गरीएको कुराकानीको अंश तल प्रस्तुत गरीएको छ ।
–चुनावी प्रचार कस्तो चलिरहेको छ ?
ठिकै भनुम राम्रै भईरहेको छ । दौडेरै मत माग्न ब्यस्त छु । केही वडामा चुनाव प्रसार तथा घरदैलो सकाए केही बाकिँ छन् ।
–प्राय स्वतन्त्र उमेदवारहरु कुनै खास राजनितीक दलसँग असन्तुष्ट बनेर निश्चित पुर्वाग्रहसहित चुनावमा उमेदवारी दिएको पाईन्छ , तपाई सोही उदेश्यका सथ उमेदवार बन्नुभएको हो ?
होईन कदापी होईन । तर मेरो उमेदवारी भनेको आम नेपाली एक हुनुपर्छ भन्ने हो । न म कुनै राजनितीक दलसँग पुर्वाग्रह राखेर चुनावी मैदानमा उत्रीएको हुँ न कुनै निजी स्वार्थ राखेर । म नेपाली नेपाली बिचको सद्भाव र राष्ट्रियताका विषयमा एकमत देख्न चाहन्छु ।
हुन त प्रत्येक चुनाव खर्चिलो हुन्छ भन्छन् , चुनावको खर्च चाहिँ कसरी व्यवस्थापन गर्नुभएको छ ?
चुनावमा मैले पैसा नै खर्च गरेको छैन । निर्वाचन आयोगलाई बुझाउने बाहेक अत्यन्त नगन्य रुपमा मेरो खर्च छ । मेरो मान्यता नै चुनाव खर्चिलो हुनुहुदैन भन्ने हो ।
तपाई त ट्राभलर(यायावर) यो चुनावी दौडमा चाहिँ किन ?
नयाँ सोच लिएर हामी नेपालीलाई एकतावद्ध गराउनुपर्छ भन्ने मेरो मान्यता हो । मुलुकका सबै जनता एक हुन सके मात्रै मुलुक सञ्चालन सिलसिलाबद्ध रुपमा हुन सक्छ भन्ने मलाई लाग्छ । मैले एक सय भन्दा बढी मुलुकको भ्रमण गरीसके र मैले ती देशहरुमा के पाए भने देश विकास हुने भनेकै देशवासीको एकताका कारण हुने हो । तर हाम्रो नेपालमा जनताहरु राजनितिक रुपमा धेरै समुहमा विभाजित र विभक्त भईदिदा त्यसको नकारात्मक असर परेको छ तसर्थ मुलुकको विकास जनता विभाजित भएर होईन एक भएर हुन्छ भन्ने सन्देशका लागि पनि मैले स्वतन्त्र रुपमा उमेदवारी दिएको हुँ र सोही सन्देश घरघरमा पु¥याउनका लागि घरदैलो र प्रचारप्रसारमा हिडि रहेको छु ।
भनेको कुनै पनि देशमा राजनितीक दलहरु धेरै हुनुहुदैन भन्ने हो ?
हो । जहाँ धेरै राजनितीक दलहरु हुन्छन् त्यहाँ विकासको कामले गति लिनै सक्दैन । सरकार अस्थिर नभएपनि उसले गर्ने विकासे योजनाहरुमा सत्ताबाहिरका दलहरुको विरँेध र स्वार्थ समेत हुन्छ यसले बिकासका कामहरुमा सुस्तता ल्याउने काममा समेत सहयोग पु¥याउछ । दरहरुको खिचातानीले बैदेशिक लगानीमा समेत असर गर्दछ जसका कारण अर्थतन्त्रलाई नै डामाडोल पार्ने खतरा बढेको हुन्छ । तसर्थ नेपाल जस्ता मुलुकमा दुई वा तीन राजनितीक दल मात्रै आवश्यक छ भन्ने मेरो ब्यक्तिगत धारणा हो ।
घरदैलोमा हिड्दा कस्तो प्रतिक्रिया पाउनुभएको छ । चुनाव जित्नुहुन्छ त ?
म घरदैलोमा हिड्दा यतिसम्म पाएँ की कास्की २ का जनताहरुमा राजनितीक दलहरुप्रति वितृष्णा रहेको पाएँ । चुनावअघि जनतालाई नमस्कार गर्न आउने हरु चुनाव जितेपछि नमस्कार समेत नफर्काउने संस्कारले जनतामा नैराश्यता छाएको पनि भेटे तसर्थ स्थापित राजनितीक दलका नेताहरुको वैकल्पिक उमेदवारका रुपमा आफुलाई चिनाउँदा मतदाताहरुले हौसला प्रदान गर्नुभएको छ । चुनाव हो ठ्याक्कै यहि हुन्छ त भन्न सक्दिन तर आफुले आफैलाई सकारात्मक रुपमा लिने मान्छे भएको हुँदा आगामी चुनाव जित्छु भन्नेमा पूर्ण विश्वस्त छु ।
Comments are closed.