जाडोले कठ्यांग्रिएर तेस्रोलिंगीको मृत्यु

 

उर्लाबारी, मोरङ, २० पुस ः . विराटनगरमा गए राति जाडोले कठ्यांग्रिएर एक तेस्रो लिंगीको मृत्यु भएको छ ।
विराटनगर–१२ बस्ने सत्यनारायण सरदारका घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ३५ वर्षीय तेस्रोलिंगी आशा सरदारको घर बाहिर आगो ताप्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  (रासस)

Comments are closed.