जापानबाट कामना खनालले गरिन् मानव सेवा आश्रमलाई सहयोग

पोखरा,२० जेठ

तनहुँको भानु नगरपालिका टुहुरे पसल घर भई विगत केही वर्षदेखी जापानको चिबामा बस्दै आएकी कामना खनालले मानव सेवा आश्रमलाई नगद सहयोग गरेकी छन् ।

पोखरा–१७ छोरेपाटनस्थित आश्रममा सहारा लिँदै आएका असहाय, बृद्धबृद्धा तथा बालबालिकाका लागि खनालले पठाएको रु १० हजार ३१ आज गण्डकी प्रदेशसभा सदस्य प्रभा कोइरालाले आश्रममा हस्तान्तरण गरेकी हुन् ।

कोभिड–१९ को विश्वव्यापी सङ्कटका कारणबाट अप्ठ्यारो अवस्थामा रहेकाहरुका लागि खनालले रु २० हजार ३१ सहयोग रकम पठाएकी थिइन् ।

खनालले उपलव्ध गराएको सो रकम नेपाल कम्युनिष्ट पार्टी(नेकपा) कास्कीका सचिवालय सदस्य त्रिभुवन पौडेलको समन्वयमा मानव सेवा आश्रमलाई प्रदान गरिएको हो ।

बाँकी रकम बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा  कोरोना परीक्षण गर्ने ल्याबमा काम गर्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण वितरण गरिने पौडेलले जानकारी दिए ।

मानव सेवा आश्रमले असहाय बालबालिका, युवा तथा बृद्दबृद्दाहरुलाई निःशुल्क खाना र बस्नको ब्यबस्था गर्दै आएको छ । सो आश्रममा हाल ११७ जनाले आश्रय लिएका छन् ।

आमा सीमा र बुवा लेखनाथ खनालकी छोरी कामनाले आफुले बैदेशिक रोजगारी गरेर कमाएको पैसा कोरोना महामारीको बेला असहाय जनता र स्वास्थ्यकर्मीलाई सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरिन् ।

Comments are closed.