जापानी पर्यटक लुटिए

पोखरा ३२ जेठ/ भूकम्प पीडितको सहयोगका लागि नेपाल आएका जापानिज पर्यटक लुटिएका छन् । बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिपछि सहयोग गर्न पोखरा आएका २५ बर्षीय जापानिज नागरिक योशीयाकी हारानागा लुटिएका हुन् ।

पासपोर्ट नम्बर टिके २७४२१८६ भएका उनलाई जेठ २९ गते रातको समयमा पोखरा ६ गाइघाटमा १० जनाको समूहमा आएका लुटेराहरुले हातपात गरी लुटपाट गरेका थिए ।जापानमा रहेका विभिन्न साथीहरुबाट आर्थिक श्रोत जुटाई नेपालका भूकम्प पीडितलाई सहयोग गर्न आउँदा आफु लुटिएको र यसले निकै दुखि तुल्याएको उनले बताएका छन् ।

योशीयाकी विगत ९ वर्षदेखि जापानमा सँगै बस्दै आएका पोखराका स्थानिय दिलिप वि.क. सुनारको घरमा रातको समयमा सुतिरहेको बेला लुटिएका हुन् । उनको साथबाट १५ सय अमेरिकी डलर (नेपाली १ लाख ५३ हजार ९ सय ५ रुपैयाँ) लुटेका छन् । प्रहरीमा उजुरी दिएपनि प्रहरीले लुटेराहरुको खोजीकार्यमा ढिलासुस्ती गरेको उनको गुनासो छ । योशीयाकीले यो घटनाले मानसिक रुपमा त्रसित भएको बताउँदै छिटोभन्दा छिटो जापान फर्कन चाहेको बताए ।

Comments are closed.