पोखरा २८ असार । लकडाउन भएको तीन महिना वित्दा पनि खेलकुद गतिविधि सञ्चालन हुन सकेको छैन् । आइतबार खेलकुद गतिविधि सञ्चालनको माग गदै पोखरामा प्रर्दशन सहित सरकारलाई ज्ञापनपत्र बुझाइएको छ ।
पोखराको रत्नचोकबाट ¥याली सहित जिल्ला प्रशासन कार्यालय कास्की मार्फत खेलकुद गतिविधि सञ्चालन गर्न पाउनुपर्नैे माग गदै ज्ञापनपत्र बुझाइएको हो ।
तस्विर एकराज गिरी
कास्की बडिल्डिङ एण्ड फिटनेस संघ कास्की, ब्यायाम ब्यवसायी संघ कास्की,फुटसल व्याबसायी संघ तथा जुम्बा व्यवसायी संघ कास्कीले संयूक्त रुपमा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल मार्फत संघीय सरकारलाई ज्ञापनपत्र बझाइएको हो । ज्ञापनपत्र बुझाउदै राष्ट्रिय खेलकुद परिषद्का निर्वतमान सदस्य राजेशकुमार गुरुङले निश्चित मापदण्ड बनाएर खेल गतिविधि सञ्चालनको वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभयो । कास्की जिल्ला बडिल्डिङ एण्ड फिटनेश संघ कास्कीका अध्यक्ष राजु थापाले खेलाडीहरु देशका गहना भएकाले उनीहरुलाई प्रशिक्षणका वातावरण सृजना गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा खेलाडीले सहभागीता जनाउनुपर्ने अवस्था रहेकाले सधै खेलकुद गतिविधि ठप्प राखेर बस्दा खेलाडी र व्यवसायी सबैलाई कठिन हुने बताउनुभयो । उहाँका अनुसार पोखरामा ३५ वटा फुटसल, ३५ वटा जिम हल र दुई दर्जन बढि जुम्बा डान्स सेन्टरहरु सञ्चालनमा रहेका छन् । उहाँले १ लाख देखि ५ करोड सम्म लगानी, हजारौले रोजगारी प्राप्त गरेको बताउदै तत्काल खुल्ला गर्नुपर्नेमा जोड दिनुभयो । तीन महिना बढि हामीले सरकारको आदेशको पालना ग¥यौ उहाँले भन्नुभयो, ‘कि सरकारले कर्जा मिनाहा गरे अझै बन्द गछौ नत्र खोल्ने वातावरण मिलाईदिनुपर्छ ।’
बडिल्डिङ ब्यवसायी एवं पूर्व खेलाडी शंकरमान उदासले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउदै खेलकुद गतिविधिलाई सञ्चालन गर्न दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहभागीहरुले स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, जीमलाई मात्र किन कारबाही ?, आफना लागि मन्त्री निवासमै जीम बनाउनै हाम्रो चाही बन्द गर लगायतका प्लेकार्ड बोकेका थिए ।
तस्विर एकराज गिरी
Comments are closed.