जिल्ला प्रशासन कास्कीमा अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा हटलाइन,
जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ ।
पछिल्लो समय जिल्लामा सङ्क्रमण बढेको छ । कर्मचारीमा कोरोना संक्रमण फैलिएको भन्दै जिल्ला प्रशासन कास्कीले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका केही कर्मचारी कोरोना संक्रमित भइ आइसोलेसनमा रहेको र थप कर्मचारीमा समेत लक्षण देखिएकोले शान्तिसुरक्षा, मुद्दा व्यवस्थापन, विपद् व्यवस्थापन तथा अत्यावश्यक सेवाबाहेकका अन्य सेवा माघ ११ गते (आज) सोमबार देखि नियमित सेवाहरु स्थगन हुने विज्ञप्ती मार्फत जनाएको हो ।

 

Comments are closed.