प्रकाश डोटेल/स्याङ्जा, ६ जेठ
करिब २० वर्षको अन्तरमा जिल्ला विकास समिति स्याङ्जामा साढे ८ करोड रुपैया“ बेरुजु भएको छ । आर्थिक वर्ष २०५१÷०५२ बाट शुरु हुन थालेको बेरुजु २०६९÷०७० सम्ममा ८ करोड ४१ लाख ३४ हजार रुपैया“ बेरुजु भएको हो ।
बेरुजु रकम मध्ये ६ करोड ३९ लाख ९२ हजार विभिन्न कार्यक्रम संचालनार्थ पेश्की वापत निकासा भएको जिल्ला विकास समितिले जनाएको छ । समितिका अनुसार कागजात अपुगमा २ करोड ३६ हजार ६ सय ९१ छ भने नियमित असुलीमा ५ लाख ४ हजार ७ सय ५४ रुपैया“ रकम बेरुजु छ ।
‘मन्त्रालयको निर्देशन अनुरुप बेरुजु उठाउन समय समयमा पहल हु“दै आएको छ’ स्थानीय विकास अधिकारी पुण्यबिक्रम पौडेलले भने, ‘जिविसले पटक–पटक गरेको पहल सार्थक हुन सकेन् । बेरुजु रकम उठाउन जिविस अब कडा रुपमा प्रस्तुत हुनेछ ।’
लामो समयदेखि बेरुजु फस्र्योट नगर्ने व्यक्ति हुन वा समिति उनीहरुको योजना भुक्तानीमा कडाई हुने भएको छ । जिविसका अनुसार बेरुजु फस्र्योट नगर्नेको चालु आर्थिक वर्षबाटै योजना सम्झौता र भुक्तानीमा कडाई गरिने छ ।
‘केन्द्रीय अनुदान तर्फको उक्त बेरुजु रकम मध्ये झण्डै ४ करोड राजतीतिक दलका कार्यकर्ताको नाममा छ’ जिविसका लेखा प्रमुख बन्धुराज बरालले भने, ‘संघ संस्था अनुदान, विभिन्न समिति पदाधिकारी खर्चमा उत्तिकै मात्रामा बेरुजु छ ।’
बेरुजु फस्र्योटमा मन्त्रालयले कडा निर्देशनक सहितको पत्राचार गरेको भएपनि पत्रअनुसारको प्रतिफल शुन्य प्रायः छ । निर्देशन कार्यान्वयन गर्न नसक्दा दैनिक काम प्रभावित भएको जिविसले जनाएको छ । जिविसका अनुसार स्थानीय मन्त्रालयमा ९ अर्ब ३६ करोड २४ लाख ८९ हजार बेरुजु रकम रहेको छ ।
Comments are closed.