जि प्र का स्याङ्जा द्धारा एकै दिनमा ४८ जना फरार पक्राउ

पोखरा हटलाईन
असोज ,५,
जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले  अदालतहरूको फैसलाले कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका बिभिन्न मुद्धकाफरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्धाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको हो । साथै उल्लेखित मध्यका हाडनाता करणी मुद्धामा २ वर्ष कैद तोकिई बिगत २३ बर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा हरिनाश गाउँपालिका- ५ बस्ने वर्ष ६४ को कर्ण बहादुर मह भन्ने कर्ण बहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा २ वर्ष कैद तोकिई बिगत १५ बर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा चापाकोट नगरपालिका-४ बस्ने वर्ष ४५ को भक्त सुनारी मगर र डाँका चोरी मुद्धामा ६ वर्ष कैद तोकिई बिगत १० वर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा हरीनास गाउँपालिका-१ बस्ने वर्ष ६२ को लाल बहादुर नाम्जाली लाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा तिनै जना कैद भुक्तानको लागि कारागार कार्यालय स्याङ्जामा थुनामा रहेकोगण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ  ।

Comments are closed.