जीवन गुरुङको पहलमा पर्वत दुर्लुङका पहिरो पीडितलाई सहयोग

पोखरा हटलाईन
असार ११,२०७७

पोखरा दोहोरी साँझ व्यवसायी संघका अध्यक्ष जीवन गुरुङको पहलमा पर्वत दुर्लुङका पहिरो पीडितलाई सहयोग गरिएको छ । बुधबार दुर्लुङमै पुगेर सहयोग गरिएको हो । पोखरा लगायत देशका विभिन्न ठाउँ तथा विदेशमा भएका नेपाली दाजुभाई दिदिबहिनीहरुको आर्थिक सहयोगमा राहत उपलब्ध गराइएको गुरुङले बताएका छन् । पहिरो पीडित तीन परिवारलाई २ लाख ८६ हजार ५ सय ५२ रुपैयाँ सहयोग गरिएको उनले जानकारी गराए ।मृतक तुलबहादुर थापाका माइला दाई पदमबहादुर थापालाई १ लाख ८ हजार २ सय ९६, मृतक कमला विककी सासुआमा साबित्रा विकलाई १ लाख ८ हजार ९६ र पहिरो बाट उद्दार गरिएका भुवन गिरीलाई  ७० हजार रुपैयाँ सहयोग गरिएको गुरुङले बताए ।

गुरुङले भने,‘मेरो गाउँ दुर्लुङनै । गाउँमा पहिरो गएको खबरले विक्षिप्त बनायो । एक पछि अर्को शव भेटिदा मन दुख्यो । यत्तिकै बस्न सकिन । पहिरोमा पुरिएर मर्नेहरु त मरे, घरबार विहिन भए । बाच्ने उनीहरुको परिवारलाई केही राहत स्वरुप रकम सहयोग गर्नुपर्छ भन्ने लाग्यो । त्यसपछि अभियान सुचारु गरे । जसमा पोखरा लगायतका नेपालका विभिन्न ठाउँमा बस्नुभएका साथीभाई सँगै खासगरी विदेशमा रहनुभएका मेरा आफन्तहरुलाई खबर गरे । उहाँहरुले राम्रो साथ दिनुभयो । फलस्वरुप रकम सहयोग गर्र्न पाइयो ।’कुश्मा नगरपालिका ३ दुर्लुङका वडाध्यक्ष तेजप्रसाद उपाध्यायसँग समन्वय गरी सहयोग गरिएको उनले जानकारी गराए । गुरुङलाई रकम संकलनमा अष्ट्र्ेलियाबाट झलक गुरुङ, पर्वत मोदी गाउँपालिका ५ बाजुङ पोखरे निवासी हिमाल केसी (हाल जापान) ले साथ दिएका हुन्  । झलक गुरुङको संयोजनमा १ लाख २४ हजार ३ सय ४२ रुपैयाँ र  हिमालकेसीको संयोजनमा  ५५ हजार १ सय ५४ रुपैयाँ प्राप्त भएको जीवन गुरुङले बताए । उनका अनुसार अष्टे«लियामा रहेको सामाजिक संस्था नाइफाले समेत साथ दिएको छ ।

उनले भने, ‘आयुश परियार (नारायण) हाल अमेरिका १५ हजार , ज्ञान बहादुर पुन (पुन पोल्ट्री एण्ड सप्लायर्स) पस्र्याङ पोखरा १० हजार , गोर्खा फिटनेस एण्ड एजुकेसन सेन्टर दिप १६ पोखरा (हिरा पुन, राजेश राई, डिबी लामा वाइ बि लावती ) एकमुष्ट १० हजार , मम बहादुर पुन हलहले (हाल कतार) ५ हजार , सुश्मा ठकुरी पोखरा ५ हजार , विश्व साप्कोटा चिप्लेढुङ्गा मिनिमार्केट २ हजार , श्रीप्रसाद बास्तोला श्रीशा फेम्ली स्टोर्स चिप्लेढुङ्गा १ हजार ५ सय ५ रुपैयाँ, डिपी गुरुङ तनहुँ २ हजार , सुरेन्द्रे लामिछाने बिरौटा १ हजार १ सय, दुर्गा बहादुर गुरुङ बिरौटाबाट १ हजार २५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।’

यस्तै, सन्जु थापा मगर सिमलचौर १ हजार ११ सय, मीन बस्याल कुश्मा ११ सिल्मी ५ हजार, अल इन वन अर्गानिक रेस्टुरेन्ट महेन्द्रगुफाका संचालक विष्णु क्षेत्री २ हजार, साइमन पार्टी प्यालेस सृजनाचोक २ हजार, असन श्रेष्ठ भिमाद ३ हजार ३ सय, ग्यान तामाङ काठमाडौं २ हजार, बरपिपल दोहोरी साँझका सञ्चालक (दिप्सन गुरुङ,आशिष पुन र रामचन्द्र पौडेल) एकमुष्ट ५ हजार ५ सय, गाउँशहर दोहोरी साँझ चिप्लेढुङ्गाका सञ्चालक (चन्द्र गुरुङ,दिनेश केसी, प्रकाश गिरी, निशान क्षेत्री ) एकमुष्ट ६ हजार, सान्नानी दोहोरी साँझका सञ्चालक जय कुमार परियार १ हजार, फेवा दोहोरी साँझ सञ्चालक २ हजार, युवा व्यवसायी मनोज थकाली भिमाद ५ हजार ५ सय ५५, जेन्दा गुरुङ(टेक) २ हजार १ सय, भुवन गुरुङ लम्जुङ(हाल पोखरा) ५ हजार रुपैयाँ सहयोग प्राप्त भएको जीवन गुरुङले जानकारी गराए ।

यसरी पोखरा लगायत देशका विभिन्न ठाउँबाट मात्रै १ लाख ७ हजार ९६ रुपैयाँ संकलन भएको उनले बताए । सहयोगी मनहरु सबैलाई धन्यवाद दिँदै गुरुङले राज्यबाट समेत पहिरो पीडितलाई यथाशिघ्र सम्बोधन हुनुपर्ने ब । सहयोग कार्यक्रममा मिलन फाउन्डेशनका सचिव मदन गुरुङ, शेखर पौडेल, स्विस गुरुङ, युवासमाजसेवीद्वय गणेशमान गुरुङ र भीमराज शर्माको उपस्थिति थियो ।दुर्लुङ ढकालबारीमा जेठ ३१ गते शनिबार राति माथिबाट आएको पहिरोले दुई घर पूर्ण रुपमा क्षति भएका थिए भने एक घरका व्यक्तिलाई उद्दार गरिएको थियो । पहिरोमा पुरिएर स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट थापा, कुश्मा–३ का २६ वर्षीय कमला विक, ७ वर्षीय प्रमिशा विक र १३ वर्षीय जेनिश विकको मृत्यु भएको थियो ।

Comments are closed.