जुत्ता ब्यबसायी संघ कास्कीको सहयोग

 

हेमजा, २ चैत

जुत्ता ब्यबसायी संघ कास्कीको आयोजनामा हेमजाको गौरी संकर आधाभुत बिद्यालयमा  बुधबार एक कार्यक्रमका बिच सहयोग गरेको छ ।गौरी संकर आधारभुत बिद्यालयमा अध्यायनरत बिपन्न बर्गका बिद्यार्थीलाई जुत्ता, मोजा, ब्रस र पोलिस बितरण गरिएको हो । बितरण गरिएको सामाग्री असि हजार बराबरको रहेको जुत्ता ब्यबसायी संघ कास्कीका अध्यक्ष मोहनराज पौडेलले हामीलाई जानकारी दिए । जुत्ता ब्यबसायी संघ कास्कीका अन्य सदस्य, बिद्यालयका शिक्षक शिक्षिकाको उपस्थितीमा कार्यक्रम गरिएको थियो ।

जुत्ता ब्यबसायी संघ कास्कीका अध्यक्ष पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत बिद्यायलका प्रधानाध्यापक डिल्लीराम तिमिल्सिनाले र सञ्चलान जुत्ता ब्यबसायी संघ कास्कीका कोषाध्यक्ष हेम कृष्ण श्रेष्ठले गरेका थिए ।

Comments are closed.