जुत्ता व्यवसायीको शुभकामना कार्यक्रम सम्पन्न

पोखरा,

जुत्ता व्यवसायी संघ कास्कीको शुभकामना आदानप्रदान तथा २०७९ सालको क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा उद्योग बाणिज्य संघ कास्कीका अध्यक्ष नारायण कोइरालाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न वस्तुगत संघ संस्थाका अध्यक्ष तथा सदस्य लगायत जुत्ता व्यवसायी संघ कास्कीमा आवद्ध सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष वेद प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सचिव मुक्ति प्रसाद पनेरु तथा कार्यक्रमको संचालन महासचिव हेम कृष्ण श्रेष्ठले गर्नुभएको थियो ।

Comments are closed.