जेष्ठ नागरिक दिवस मनाइयो

पोखरा,१५ पुष
                                    बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले दोस्रो राष्ट्रिय जेष्ठ नागरकि दिवस मनायो । “हामी सबैको सरोकार, जेष्ठ नागरिकको अधिकार”  राष्ट्रिय नारालाई हृदयंगम् गरी बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीले साबिक भरतपोखरी ७, हाल पोमनपा ३३ का ७० बर्ष माथिमा करिव ६० जना जेष्ठ नागरिकलाई सुस्वास्थ्य एवम् दिर्घायुको कामना गर्दै पौष्टिक आहार बितरण गरेको थियो ।
कार्यक्रमका प्रमुख अथिति पोखरा महानगरपालिका ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले ‘आफ्नो वोडाका कोही पनि जेष्ठ नागरिकले कुनै पनि किसिमको दुख पाउन नपरोस भन्दै चौतारीले आयोजना गर्ने जुनसुकै राम्रा काममा वोडाले सहकार्य गर्ने प्रतिवद्दता व्यक्त गरे । समग्र वोडाको बिकासमा कामगनुपर्ने भएकोले र पालिका बैठकमा आफ्नो वोडाका कुरा राखिरहेको समेत बताए ।’
कार्यक्रमका अर्का अथिति शान्ति उदय माबिका विद्यालय व्यबस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले ‘विद्यालय स्तर बाटै बालबालीकालाई अशल नैतिक शिक्षा दिन सकियो भने घरमा जेष्ठ नागरिकलाई गर्ने व्यबहारमा परिवर्तन गर्न सकिने बताए ।’
गैरिभन्ज्याङ काफलडांडा बन उपभोक्ता समितिका अध्यक्ष केशवराज आचर्य, पोखरा महानगरपालिका ३३ का जनप्रतिनिधि दुर्गा के सि,समाज सेवी राधिका आचार्य लगायतले पनि बोलेका थिए । बरपाण्डेथुम जेष्ठ नागरिक चौतारीका सचिव मोती भुजेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सन्चालन चौतारीकी कोषाध्यक्ष मनु कार्कीले गरेकी थिइन् ।

Comments are closed.