जेष्ठ नागरीकहरुका लागी स्वास्थ्य सामाग्री तथा खाद्यान्न वितरण

>सामाजिक सेवामा कार्यरत संस्था आमा मिलन केन्द्र को आयोजनामा नेपाल सरकार महिला बालबालिकाका तथा जेष्ठ नागरीक मन्त्रालयको सहयोग र पोखरा महानगरपालिका सामाजिक महाशाखाको सहकार्य

मनिषा लामिछाने,

पोखरा हटलाइन जेठ ३१,
पो.म.पा ८ नागढुङ्गामा रहेको सामाजिक सेवामा कार्यरत संस्था आमा मिलन केन्द्र को आयोजनामा नेपाल सरकार महिला बालबालिकाका तथा जेष्ठ नागरीक मन्त्रालयको सहयोग र पोखरा महानगरपालिका सामाजिक महाशाखाको सहकार्यमा पो.म.पा वडा नं ५,७,८,९र ३१ का १७८ जना जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सामाग्री तथा खाधान्न वितरण गरिएको छ ।पो.म.पा वडा नं ८ का जनप्रतिनिधिहरु अध्यक्ष रुद्रनाथ बराल,वडा सदस्यहरु कीरण गौतम, पुष्वराज सीग्देल,लक्ष्मी कौशल,सामाजिक विकास महाशाखाका अधिकृत गीता न्यौपानेको उपस्थीतीमा उक्त राहत सामाग्री वितरण कार्यक्रम सोमबार बिहान आमा मिलन केन्द्रको कार्यालय नागढुङ्गामा सम्पन्न भएको हो ।१७८ जनामा अति विपन्न,असहायहरुलाई खाद्यान्न सामाग्री रु,५००० बराबरको चामल,तेल ृनुन,चिनी,चियापत्ती,चना,साबुन,ब्ल्याङकेट सहयोग गरेको र रु,५००० बराबबरकै स्वास्थ्य सामाग्री अक्सोमिटर,थर्ममिटर ,क्याल्सियम, भिटामिन म् ,इलेक्ट्रिक हटब्याग,मल्टिभिटामिन, सेनिटाइजर,माक्स वितरण गरिएको आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेल ले जानकारी दिनुभयो । साथै अध्यक्ष पौडेलले आगामी दिनहरुमा यस प्रकारका सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भयो ।

Comments are closed.