जोमसोममा जमिन भासियो, ठाउँ ठाउँमा जमिन चर्किएपछि स्थानीय विस्थापित

१५ वैशाख, जोमसोम । भूकम्प गएको चार दिनपछि जोमसोममा जमिन भासिन थालेको छ । एकाएक जमिन भासिएका कारण घरहरु भत्किएका छन् । अहिलेसम्म १५/१६ घरमा क्षति पुगेको छ । जसमा ६ बटा घर पूर्ण रुपमा क्षतिग्रस्त छ । लुमानथाङ क्षेत्रतर्फ जाने काठे पुल समेत भासिएको छ ।

जमिन भासिएपछि मानिसहरु अहिले खेतमा बसिरहेका छन् । धेरै ठाउँमा जमिन चर्किएका छन् भने सडकहरुमा पनि क्षति पुगेको स्थानीय निरज थकालीले बताए ।

jomsom

 

Comments are closed.