जीवन यात्रा हो । हजारौं माइलको यात्रा । जीवन संघर्ष पनि हो । जो जित्नै पर्ने संघर्ष । च्याँच्याँ गरेर जब शिशु जन्मन्छ । एउटा संघर्षको परिक्षा पास गरिसकेको हुन्छ र सँगै लिएर जन्मन्छ हजारौं परिक्षाका प्रश्नपत्रहरु । उसँगै जन्मिन्छ हजारौं सुःख, दुःखका ठेलीहरु । सँगै जन्मन्छ कर्तव्य, जिम्मेवारी, उत्तरदायित्व । सँगै बोकेर जन्मन्छ आफ्नै भविष्यको ठूलो झोला । जहाँ जिन्दगीका हरेक कुरालाई अटाउनु पर्नेछ । जिन्दगीको यो बाटोमा कोही यात्रामै हराउँछन् । कोही बोटो पहिल्याउँदैनन् र अल्मलिन्छन् । जो बिलाउँछन् बाटोमै । जो डराउँछन् संघर्षमै । जो तर्सन्छन् समस्याहरुबाटै । उनीहरु सायद सफलताबाट पनि पर हुन्छन् । जो आँधि, हुरि, पहिरो सहेर पनि जिन्दगीको बाटो पहिल्याउँछन् र अफ्ठ्याराहरुलाई सजिलो बनाउँछन् । उसैले जिन्दगीलाई जिन्दगी जस्तो बनाउँछ । मगमगाउन थाल्छ जीवन, श्रम र पसिनाहरुबाट पनि । तिनै दुःख, संघर्षका पहाडहरु छिचोल्दै जिन्दगीलाई सफलता नजिक पुर्याएका व्यक्ती हुन् चेत बहादुर गुरुङ ।
होँचो कद । हँसिलो अनुहार । सेतो सर्ट । कालो पाइन्टमा कलै जुत्ता । सालिन र भद्र स्वभावका व्यक्ती चेत बहादुर गुरुङ । असार पहिलो हप्ता पोखराको फेवासिटी अस्पताल पुग्दा उनी आफ्नै ल्याव अगाडी गफिँदै थिए । मैले उनको जीवनको विषयमा लेख्नुपर्ने थियो । जो सबैभन्दा गाह्रो लाग्छ । किनकी हजारौं माइलको यात्रालाई एकाध घण्टामा उतार्दा धेरै कुरा अटाउँदैनन् । जस्तो की पर्खाल लगाउँदा धेरै कुरा बाहिर पर्छन । यहाँ उनको जीवनको विषयमा लेख्दै गर्दा धेरै कुरा पर्खाल बाहिर पर्न सक्छन् ।
गुल्मी जिल्लाको हंशचौरमा उनको घर छ । तर, उनी जन्मिए सुन्दर शहर हङकङमा । बुबा भिमसेन र आमा आस्था गुरुङको कोखबाट उनी जन्मिँदा नेपाली मिति वि.सं. २०१६ साल थियो । उनको बुबा ब्रिटिस सेनामा भएकाले उनको परिवार उतै बस्थ्यो । जन्मेको दुई बर्ष पुग्दानपुग्दै उनको जीवनमा ठूलो संघर्ष र दुःखको यात्रा सुरु भैहाल्यो । उनलाई पोलियो रोगले छायो र खुट्टामा समस्या देखियो । तर, उनी यात्रामा लम्किरहे । कहिल्यै रोकिनु परेन । खुट्टामा समस्या देखिएपनि लाहुरे हुनका लागि पो समस्या अरु गर्न केको समस्या ? उनले गाउँकै उदय उच्च माविबाट एसएलसी पास गर्दा यो कुरा बुझिसकेका थिए । उनी द्धित्तिय श्रेणीमा एसएलसी पास गर्दा पनि गाउँमा उनको शान बेग्लै थियो । गाउँमा एसएलसी पास गर्ने थिँदै थिएनन् त नभनौं एकदमै कम थियो ।
प्रयोगशाला सम्वन्धि तालिमको योग्यताको प्रमाणपत्र बाकेर उनी २०४२ सालको वैशाख १ गते पोखरा आइपुगे । पाेखरा अाउने बित्तिकै उनी हरियोखर्क अस्पताल, हुँदै रक्तसंञ्चार केन्द्र पोखरामा काम गर्न थाले । त्यससँगै उनले पोखराको एक मडिकल हलको ल्यावमा काम गर्थे । उनले जिन्दगीमा सबैभन्दा संघर्ष त्यही समयमा गरे । उनी कतिदिन त कामले खाना खानै भ्याउँथेन् । मौका नै मिल्थेन । जहाँ काम गर्याे त्यँही रात विताउँथे ।
२०३५ सालमा उनी एसएलसी पास गरिसकेपछि गुल्मीबाट बाग्लुङ झरे र पहिलो पटक सुरु गरे आफ्नै कमाईबाट बाँच्न । सिक्दै गए आफ्नै खुट्टामा उभिने कला । त्यस दिनदेखि पछि उनले कहिल्यै पछाडी फर्कनु परेको छैन । जिन्दगीमा धेरै उतारचढाप आएपनि उनी सँधै श्रम र मिहिनेतमा विश्वास गर्थे । तीन बर्ष उनले बाग्लुङमा मास्टरी गरिसकेपछि उनी धरान हानिए प्रयोगशाला सम्वन्धि तालिम लिनका लागि । तिन बर्ष उनले प्रयोगशालाको तालिम लिए । त्यसपछि उनमा झन् आत्मविश्वास बढ्दै गएको छ । जसरी खडेरीमा पानी पर्दा किसानलाई खेति मौलाउने आत्मविश्वास बढ्छ । प्राविधिक ज्ञान भएपछि जहाँपनि जागिर खान सकिन्थ्यो । त्यतिबेला झन् ज्ञान भएका एकदमै कम थिए ।
प्रयोगशाला सम्वन्धि तालिमको योग्यताको प्रमाणपत्र बाकेर उनी २०४२ सालको वैशाख १ गते पोखरा आइपुगे । पोखरा आउने वित्तिकै उनले हरियोखर्क अस्पतालको प्रयोगशालामा जागिर पाईहाले । भनिन्छ मान्छे जहिलेपनि अवशरको खोजिमा रहन्छ । त्यही खोजी उनमा पनि थियो । त्यहाँ केही समय जागिर गरेपछि उनी रक्तसंञ्चार केन्द्र पोखरामा काम गर्न थाले । त्यससँगै उनले पोखराको एक मडिकल हलको ल्यावमा काम गर्थे । उनले जिन्दगीमा सबैभन्दा संघर्ष त्यही समयमा गरे । उनी कतिदिन त कामले खाना खानै भ्याउँथेन् । भनौं मौका नै मिल्थेन । आफुले जहाँ काम गरेको छ त्यँही उनले कतिपय रात विताउँथे । जागिर, ल्यावको काम यावत कारणले उनमा बढेको व्यवस्ताले कहिल्यै दिक्कता आएन बरु आत्मबिश्वास बढ्दै थियो । यसका बाबजुत पनि पढाईलाई निरन्तरता दिँदै पृथ्वी नारायण क्यानम्पस पोखराबाट बि.ए.सम्मको अध्ययन गरेका गुरुङ २०४६ सालमा स्याङ्जा कोल्माकी इन्द्रकुमारी गुरुङसँग वैवाहिक जीवनमा बाँधिए । अहिले उनका तीन छोरी छन् ।
अहिले गुरुङ पोखराकै एक सफल व्यक्तीका रुपमा परिचय बनाईसकेका छन् । समयसँगै परिचय फराकिलो बन्दै गएको छ । उनी अहिले प्राविधिक, स्वास्थ्यकर्मी, समाजसेवी, शिक्षाकर्मीका रुपमा परिचित छन् । स्वास्थ्य क्षेत्रका थुप्रै पुरस्कार पनि प्राप्त गरेका छन् ।
निरन्तरको लगाव, कामप्रतिको सम्मान र आत्वविश्वास हुने हो भने सफल भईन्छ भन्ने आँट भएका गुरुङले जिन्दगीका धेरै अफ्ठ्याराहरुलाई पार गर्दै सजिलो बनाउँदै लगेका छन् । जिन्दगी जिउने पनि कला चाहिन्छ । सुख दुःख त जिन्दगीमा आईरहन्छन्, गईरहन्छन् । यही क्रममा २०५८ सालमा पोखरामा सेवासिटी अस्पताल खोल्ने कुरा भयो । ८ जनाको समुहमा उनी पनि थिए । ८ जनाले सुरुमा पाँचपाँच लाख रुपैयाँ लगानी गरी विस्तारै बढाउँदै लगे । व्यवस्थित बनाउँदै लगे । अस्पतालमै गुरुङ र अर्का एक जना साथी मिलेर फेवा प्याथो ल्याव स्थापना गरे । आफ्नै कमाईबाट पोखराको रामबजारमा उनले घर बनाएका छन् । अहिले परिवार त्यहीँ बस्छ ।
अहिले गुरुङ पोखराकै एक सफल व्यक्तीका रुपमा परिचय बनाईसकेका छन् । समयसँगै परिचय फराकिलो बन्दै गएको छ । उनी अहिले प्राविधिक, स्वास्थ्यकर्मी, समाजसेवी, शिक्षाकर्मीका रुपमा परिचित छन् । स्वास्थ्य क्षेत्रका थुप्रै पुरस्कार पनि प्राप्त गरेका छन् । तर, उनी चर्चामा आउन चहाँदैनन् । उनलाई कामले नै सम्मान दिन्छ भन्ने लाग्छ ।
उनी अहिले पोखरा यूनाइटेड ल्याब्रोटरीका अध्यक्ष, फेवासिटी अस्पतालका अध्यक्ष, नेपाल रेडक्रस, अपाङ्गता सम्वन्धि संघ संस्थामा लगायतमा पनि उनी आवद्ध छन् । उनले केही विद्यार्थीलाई निशुल्क पढ्ने ब्यवस्था मिलाएका छन् भने धेरै विद्यार्थीलाई छात्रबृत्ति दिने गरेका छन् । आफ्नो आम्दानीको केही प्रतिशत समाजसेवामा लगाउँदा उनलाई बढो आनन्द आउँछ । उनलाई लाग्छ आत्तिने भन्दापनि आफुमा आत्मविश्वास बढाउँदै अगाडी बढ्ने हो भने सफल भईन्छ । बगैचामा सारेको फुल त कहिलेकाँही मौषम अनुकुल फुल्न सक्दैन । गुरुङ त्यस्ता व्यक्ती हुन् जो अफ्ठ्याराहरुबाट फुले । कक्करबाट फुले । हिड्ने मान्छे लड्छ तर लडेँ भनेर हुँदैन फेरि उठेर दौडनुपर्छ । जिन्दगीले परिक्षा लिइरहन्छ । परिक्षा दिइरहनुपर्छ ।
Comments are closed.