ज्यान मार्ने अभियोगमा दुइ जना पक्राउ

balatkariपाेखरा ९ बैशाख/ पोखरामा ज्यान मार्ने अभियोगमा बुधबार दुइ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर–का लेखन माझी र रामेछापका २८ बर्षिय राजेन्द्र दर्लामी छन् ।

उनीहरुले पोखरा –१४ चाउथेमा गोविन्द बहादुर शाहीको निर्माणधीन घरमा भनाभनका क्रममा कुटपिट गरी नाम नखुलेका भारतीय नागरिकको हत्या गरेको प्रहरीले जनाएको छ । बुधबार राती साढे एक बजे दुवै पक्षकाबीच भनाभनहुँदै कुटपीट भएपछि घटनास्थलमै मृत्यू भएको प्रत्यक्षदर्शीले बताएको कास्की प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक कृष्ण बहादुर पल्ली मगरले जानकारी दिएका छन् ।

पक्राउ परेका दुवै जनालाई ज्यान मार्ने उद्योगमा म्याद थप गरी अनुसन्धान भैरहेको कास्की प्रहरीले जनाएको छ ।

Comments are closed.