अव्यवस्थित बन्याे पोखरा,हराउँदैछ साैन्दर्य (फाेटाे फिचरसहित )

व्यवस्थित बनाउन नागरिक समाजको माग


पोखरा २६ साउन/सुन्दर र व्यवस्थित शहरको रुपमा परिचय बनाएको पोखरा पछिल्लो समय झन्झन् अव्यवस्थित बन्दै गएको छ । सडकको अवस्था नाजुक छ । फोहर व्यवस्थापन चुनौति बन्दै गएको छ । पार्किङ समस्या झनै विकराल बन्दै गइरहेको छ । ट्राफिक समस्या उस्तै छ । सार्वजनिक जग्गा तथा सम्पति संरक्षण हुन सकेको छैन । फुटपाथ समस्या बढ्दै जान थालेको छ । कुनैपनि मापदण्ड कडाईका साथ लागु हुन सकेको छैन । अव्यवस्थित होडिङ बोर्डले शहरलाई कुरुप बनाउँदै लगेको छ । नाला तथा उचित ढल निकासको व्यवस्था हुन सकेको छैन ।

11836903_894446323963543_6637520365258537909_n
कालो बजारी तथा मापदण्ड विपरितका काम भैरहेको गुनासो आइरहने भएपनि प्रभावकारी अनुगमनको अभाव छ । पोखरामा व्यवस्थित बसपार्कको अभाव रहेपनि व्यवस्थित बनाउने काम सुरु हुन सकेको छैन । पोखरा उपमहानगरपालिका लगायतका सरकारी निकायको सेवा प्रवाह सेवामुखी हुन नसकेको गुनासो आइरहने भएपनि सुधार हुन सकेको छैन् । फेवातालका नाममा बर्षेनी करोडौं खर्च हुने गरेको भएपनि समस्या जहाँको तहीँ छ ।

6486f90ecf49577e884345a873fcc169_L
यस्ता थुप्रै समस्याहरुले पोखराको सौन्दर्य हराउँदै जान थालेको भन्दै धेरैले चिन्ता व्यक्त गरिरहेका छन् । ‘पोखरा अहिले पोखरा जस्तो बन्न सकेको छैन । यहाँ समस्या समाधानको साटो समस्याहरु थपिँदै गएका छन्’ स्थानीय तीर्थ सिग्देलले भने, ‘राजनीतिक खिचातानी, फितलो कानुन, मौन रहने सरकारी निकाय, जागरुक नहुने र घच्चाउने काम नगर्ने स्थानीय लगायतका कारण पोखरा अव्यवस्थित बन्दै गईरहेको छ ।’ पोखरालाई व्यवस्थित बनाउने हो भने उपमहानगरपालिका लगायतका निकायले नियमलाई कडाईका साथ लागु गर्ने हो र राजनीतिक दल लगायत सबैका तदारुकता हुन जसरी छ । सिग्देलको जस्तै धेरैको यस्तै गुनासो छ । सुन्दर र व्यवस्थित पोखरा पछिल्लो समय अझै अव्यवस्थित बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै यहाँका नागरिकहरुले व्यवस्थित बनाउन सम्वन्धित पक्षलाई माग गरेका छन् ।

?

यसैक्रममा नागरिक समाज पोखराले पोखरालाई व्यवस्थित, सुन्दर र जवाफदेही बनाउन सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । समाजका अध्यक्ष रामबहादुर पौडेल नेतृत्वको एक टोलीले पोखरा उपमहानगरपालिका कार्यकारी अधिकृत उदयबहादुर रानालाई भेटेर १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । f

ध्यानाकर्षणपत्रमा सहरभित्र रहेका सम्पूर्ण सडकहरुको स्तरोन्नती गर्नुपर्ने, नगरभित्र रहेका मूल सडक, नदी, खोलानाला र सार्वजनिक जग्गासँग जोडिएका कवाडी पसलहरुलाई उपयुक्त स्थान खोजेर सार्नुपर्ने, फोहोर संकलन नियमित बनाउँदै सार्वजनिक स्थलमा फोहर फाल्नेलाई फोहरमैला ऐन २०६८ बमोजिम कार्वाही गर्न माग गरिएको छ ।Bus-park

त्यस्तै, नगरपालिकाको सेवा प्रवाहलाई चुस्त बनाउनुपर्ने, नगरभित्रका ऐतिहासिक रुख काट्न नदिई पोखरालाई चौतारीको सहर घोषणा गर्नुपर्ने, सार्वजनिक जग्गा, गुठी जग्गा, पोखरीलगायतका जग्गाको दर्ता गर्नेलाई तत्काल रोक्नुपर्ने, मोटरसाईकल ‍र्‍याली, माईकिङ, डान्सबार लगायतबाट ध्वनी प्रदुषण रोक्न समिति गठन गरिनुपर्ने, ग्यारेज र वर्कसपलाई व्यवस्थित गर्न अटोभिलेज व्यवस्थापन समिति गठन गर्न माग गरिएको छ ।15080539asdioufyasdf

नागरिक समाज पोखराले १ घर १ झोला अवधारणा लागु गर्दै पोखरालाई प्लाष्टिक झोलामुक्त सहर घोषणा गरिनुपर्ने, चिप्लेढुंगा क्षेत्रबाट कार पार्किङ हटाउनुपर्ने, फिर्केखोला संरक्षण अभियान सञ्चालन गर्नुका साथै खोलामा रिटेनिङ पर्खाल निर्माण गरिनुपर्ने, मापदण्ड विपरितका ठाउँमा डोजर लगाउने अभियान पुनः सञ्चालन गरिनुपर्ने, ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन पोखराको विभिन्न क्षेत्रमा रहेका आईल्याण्डहरुको स्तरोन्नती गरिनुपर्नेलगायतका माग गरेको छ ।g

ध्यानाकर्षण पत्र बुझ्दै कार्यकारी अधिकृत रानाले माग सम्बोधन गर्नको लागि आफूले प्रयास गर्ने बताए । उनले नागरिक समाजको चासो र चिन्ता जायज भएको बताउँदै यो सफल बनाउन नगरपालिका लाग्ने बताए ।
15160413

कुरा गर्ने, निर्णय पनि गर्ने तर कार्यान्वयमा जोड नदिने पोखरा उपमहानगरपालिका लगायतका नियकाले बेलैमा नसोच्ने हो भने नागरिकको विश्वासको आधार नरहने कुरामा दुई मत छैन ।1902030_954969867854384_231021510494751464_n

bishnu_prasad_159408666

Comments are closed.