पोखरा, जेठ १८ गते।
सातौं राष्ट्रपति रनिङशिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टप्स उमावि च्याम्पियन बनेको छ । जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजना पोखरा रगंशालामा आइतबार सम्पन्न छात्रा भलिबलमा ३५ ल्याउदै प्रथम र एथलेटिक्समा दोस्रो भई १०१ गरी कुल १३५ अड्ढ प्राप्त गदै टप्स उमावि प्रतियोगिताको च्याम्पियन बनेको हो ।टप्स राष्ट्रपति रनिङशिल्डको छैटौं पटक पनि च्याम्पियन बन्न सफल भएको हो।
यस्तै भलिबलमा १४ र एथलेटिक्समा ११२ गरी जम्मा १२६ अड्ढसहित कास्की मोडनाइज एकेडेमी द्वितीय तथा एथलेटिक्समा ७६ अड्ढसहित गौरीशंकर उमावि हेमजा तृतीय भयो । च्याम्पियन बनेको टप्सले नगद १५ हजार, द्वितीय बनेको कास्की मोडनाइज एकेडेमीले नगद १२ हजार र तृतीय बनेको गौरीशंकर उमाविले नगद १० हजार प्राप्त गरे।
एथलेटिक्सतर्फ ११२ अड्ढसहित कास्की मोडनाइज एकेडेमी प्रथम, १०१ अड्ढसहित टप्स उमावि द्वितीय र ७६ अड्ढसहित गौरीशंकर उमावि हेमजा तृतीय भए। छात्र भलिबलमा वीरेठाँटी उमावि प्रथम भएको छ। उसले आइतबार भएको फाइनलमा सिद्धबराह मावि चापाकोटलाई २५–११, २५–१४ र २५–२० को सोझो सेटमा पराजित गर्दै वीरेठाँटी उमावि प्रथम भएको हो।छात्रातर्फ टप्स उमावि प्रथम भएको छ।
अर्को फाइनलमा धौलाश्री उमावि छोम्रोङलाई २५–१०, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गर्दै टप्स उमावि प्रथम भएको हो।
छात्र भलिबलतर्फ वीरेठाँटी उमाविका सुजन गुरुङ र छात्रातर्फ धौलाश्री उमाविका सुस्मिता मगर उत्कृष्ट खेलाडि घोषित भए ।यस्तै कास्की जिल्ला खेलकुद विकास समितिले हरेक वर्ष दिँदै आएको छात्रवृत्तिअन्तर्गत यस वर्ष छात्रातर्फ टप्स उमाविका शशी चौधरी र छात्रतर्फ वीरेठाँटीका राजु दर्जीले प्राप्त गरे । दुवैलाई जनही १० ÷१० हजार प्रदान गरियो । जेठ १४ देखि सञ्चालित प्रतियोगितामा ४६ वटा विद्यालयले सहभागिता जनाएका थिए ।
Comments are closed.