टाइफाइड विरुद्धको खोप अभियान आज (शुक्रबार) बाट देशभर सुरु

टाइफाइडविरुद्धको खोप अभियान आज (शुक्रबार) बाट सुरु भएको छ ।

पोखरा,

बिहीबार (हिजो)विश्व स्वास्थ्य दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरेका छन ्। त्यस अवसरमा देउवाले टाइफाइडविरुद्धको खोप अभियान सफल हुने विश्वास व्यक्त गरेका थिए ।गण्डकी प्रदेशमा भने अभियानको एक दिन अगावै बिहीबारबाट टाइफाइडबिरुद्धको खोप लगाउन सुरु गरिएको छ। प्रदेशमा पहिलोपटक टाइफाइडबिरुद्धको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकाका लागि अभियानका रुपमा लगाउन थालिएको हो। अभियानको पोखराको अमरसिंह माविका विद्यार्थीलाई विहीबार खोप लगाएर शुभारम्भ गरिएको हो। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गरे। बहुवर्षिय खोप कार्ययोजना २०१७/०२१ को लक्ष्य अनुरुपयहि चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म गण्डकी प्रदेशमा टाइफाइडबिरुद्धको खोप अभियान संचालन गर्न लागेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको हो। ग्लोबल भ्याक्सिन अलायन्स (गाभी)को सहयोगमा सरकारले देशभरका ७५ लाख बालबालिकालाई लक्षित गरी अभियान सुरु गरेको हो। यसअघि पनि सरकारले यो उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिएपनि अभियानका रूपमा पहिलोपटक खोप दिन लागिएको हो। यो खोप विद्यालयमै दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप दिइनेछ। यो खोप निःशुल्क, सुरक्षित र प्रभावकारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।आजदेखि वैशाख १८ गतेसम्म राष्ट्रव्यापी रूपमा यो खोप अभियान संचालन हुनेछ। केही जिल्लामा भने अभियानअन्तर्गत नै टाइफाइडविरुद्धको खोप लगाउन सुरु भइसकेको छ।खोप अभियानको विहीबार शुभारम्भ गरिएपनि शुक्रबारदेखि प्रदेशभरका बालबालिकाहरुलाई खोप लगाउन शुरु गरिनेछ। खोप अभियान अन्तर्गत करीब २२ दिनमा गण्डकी प्रदेशका ५ लाख ६० हजार २ सय २७ बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाइनेछ। अभियान अन्तर्गत कास्कीमा १ लाख ४१ हजार ७ सय ७६ बालबालिकाहरुलाई खोप लगाइने जनाइएको छ। जस अन्तर्गत १५ महिनादेखि ४ वर्षसम्मका २१ हजार ३०२ जना र ४ वर्षदेखि १५ वर्ष उमेर समूहका ८९ हजार ४४९ जना बालबालिकालाई खोप लगाइनेछ।

Comments are closed.