टिभिएस कम्पनीको उइगो रिफ्रेस स्कुटर वजारमा

पोखरा ३ वैशाख । टिभिएस कम्पनीको नयाँ उईगो रिफ्रेस स्कुटर पोखराको वजारमा भित्रिएको छ । टिभिएसको पोखराको लागि आधिकारिक विक्रेता वतास अर्गनाईजेशन अन्तर्गत रहेको ए.एस .वि अटोमोवाईल्स नयाँवजार पोखराले यसलाई भित्राएको हो । स्कुटरको विहीवार बतास अर्गनाईजेशनका कार्यकारी निर्देशक प्रमेश पराजुलीले विक्री शुभारम्भ गरेका थिए । उईगो विभिन्न सुविधाहरुमा उपलव्ध रहेकोले यस क्षेत्रमा धरैको रोजाई हुने विश्वास पराजुलीको थियो ।

unnamed (6)

स्कुटरको मुल्य १ लाख ६७ हजार नौ सय रहेको र नयाँ वर्षको अफर स्वरुप नगद ७ देखी एक लाख सम्म स्क्रयाच कुपनमार्फत जित्न सकिने वा इन्टेक्स मोवाईल प्राप्त गर्न सकिने ए.एस. वि. अटोमोवाईल्सका सेल्स मेनेजर सन्तोष पोखरेलले जानकारी दिए । नयाँ वर्ष अफर वैशाख महिनाभर लागु हुने वताईएको छ । बिक्री सुभारम्भको अवसरमा कम्पनीले पोखरा वजार क्षेत्रमा स्कुटर ¥याली समेत आयोजना गरेको थियो । कम्पनीको शोरुम नयाँवजारवाट सुरु भएको ¥यालीले वजारका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो । विभिन्न ८ वटा रंगमा उपलव्ध रहेको युईगो रिफ्रेसको सुभारम्भकै दिनमा २६ वटा स्कुटर विक्री भएको छ ।

कम्पनीले पोखरामा स्कुटर भित्रनु केही समय अघि देखी नै वुकिङ लिएको थियो । यसमा डिजिटल स्पिडोमिटर, फुल मेटल वडि, फ्रन्ट डिक्स व्रेक, वडि व्यालेन्स तथा टुयुवलेस टायर रहेको मेनेजर पोखरेल वताए । टिभिएस उइगो रिफ्रेसले ६२ किमी प्रति लिटर माईलेज दिने दावी गरिएको छ । ए.एस बि ले उइगो, जुपिटर तथा टिभिएस मोटरसाईकल गण्डकी धौलागिरी क्षेत्रमा विक्री गर्दै आएको छ । कार्यक्रममा वतास अर्गनाईजेशनका मानव संसाधन विभाग प्रमुख विश्वमणि भण्डारी तथा सेल्स मेनेजर सन्तोष पोखरेलले वोलेका थिए ।

Comments are closed.