एजेन्सीहरु/ माइक्रोब्लगिङ साइट टि्वटरले प्रयोगकर्ताले गर्ने डाइरेक्ट म्यासेजमा १ सय ४० अक्षरको सीमा हटाउने भएको छ । टि्वटमा जस्तै डाइरेक्ट म्यासेजमा पनि १ सय ४० अक्षरको सीमा लगाउँदै आएको टि्वटरले अब डाइरेक्ट म्यासेजमा १ सय ४० क्यारेक्टरको सीमा हटाएर १० हजार अक्षर (क्यारेक्टर) पूराउनेछ । स्मरण रहोस् फेसबुक म्यासेन्जरमा अक्षरको सीमा २० हजार रहेको छ ।
टि्वटका लागि भने १ सय ४० अक्षरको सीमा कायम रहनेछ । प्रत्यक्ष सन्देशमा अक्षरको सीमा हटेसँगै अब टि्वटरमा लामो व्यक्तिगत सन्देश पठाउन सकिनेछ ।
टि्वटरको डाइरेक्ट म्यासेज प्रडक्सन म्यानेजर सचिन अग्रवालले एक ब्लगपोष्टमार्फत यो परिवर्तनको योजनाका विषयमा खुलासा गर्दै जुलाई महिनादेखि टि्वटरको सिधा सन्देश सेवामा १ सय ४० अक्षरको सीमा हट्ने बताएका छन् । उनले पब्लिक टि्वटमा भने १ सय ४० अक्षरको सीमा यथावत रहने प्रष्ट पारेका छन् ।
टि्वटर प्रमुखको राजिनामा
यसैबीच टि्वटरका प्रमुख कार्यकारी डिक कोस्टोलोले पद छाडेका छन् । टि्वटर प्रयोगकर्ताको संख्यामा उल्लेखनीय वृद्धि गर्न नसकेको भनि लगानीकर्ताहरुको आलोचना बेहोरिरहेका कोस्टोलोले आफ्नो पदबाट राजिनामा दिन लागेको टि्वटरले जनाएको छ । आफ्नो राजिनामाको घोषणा गर्दै विज्ञप्तीमार्फत कोस्टोलेले टि्वटरको समूहमा रहन पाउँदा आफु गौरवान्वित भएको बताएका छन् । उनको राजिनामा जुलाई १ देखि लागु हुनेछ ।
कोस्टोलोले पद कार्यकारीको पद छाडेसँगै जुलाई १ देखि नै दिनदेखि टि्वटरका सहसस्थापक ज्याक डर्सीले अन्तरिम प्रमुखको रुपमा पद सम्हाल्नेछन् । कोस्टोलोको राजिनामापछि नयाँ कार्यकारी छान्नका लागि टि्वटरले एक समिति बनाएको जनाएको छ । कोस्टोलोको राजिनामाको घोषणापछि टि्वटरको शेयर मूल्यमा ७ प्रतिशतले वृद्धि भएकेा थियो । कोस्टोलो ६ वर्षदेखि टि्वटरको प्रमुख कार्यकारीको रुपमा रहेका थिए ।
Comments are closed.