६ जेठ, काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले नेपाली क्रिकेट टीमलाई टी-२० विश्वकप छनोटको तयारीमा सहयोग गर्ने भएको छ ।
बीसीसीआईका सचिव अनुराग ठाकुरले बुधबार नेपाल क्रिकेट संघ क्यानलाई सहयोगको बचन दिएका हुन् । जुन ५ देखि २० तारिखसम्म नेपाली टीमलाई प्रशिक्षणको व्यवस्था मिलाइएको उनले बताए ।
क्यानका प्रमुख कार्यसंचालन अधिकृत छुम्बी लामाका अनुसार बीसीसीआईले नेपाली टीमलाई अध्यासका लागि दिने स्थान भने खुलाइएको छैन । स्रोतका अनुसार बैंङ्ग्लोरस्थित बीबीसीआईको एकेडेमीको मैदान १५ दिन अभ्यासका लागि उपलब्ध गराउने सम्भावना छ ।
नेपालले वैशाख १२ गते विनाशकारी भूकम्प गएपछि बीसीसीआईले विश्वकप छनोटको तयारीमा नेपाललाई सहयोग गर्ने प्रस्ताव गरेको थियो । हालै मात्र क्यानले विश्वकप छनोटको तयारीका लागि नेपाली टीमलाई भारत पठाउने निर्णय गरेको छ । भारतमा स्थनीय टीमसँग अभ्यास खेल खेल्ने तयारी छ । तर, टीम भने तय भइसकेको छैन ।
Comments are closed.