टुरिजम म्यानेजमेन्ट विधार्थीहरूद्वारा सरसफाई कार्यक्रम ।

८ माघ, पोखरा
बि.एमbb.टि.एम (बाचेलोर अफ माउन्टेन टुरिजम मानेजमेन्ट), जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मेथलाङमा सरसफाइ गरेका छन्।

बि.एम.टि.एम जनप्रिय बहुमुखी क्याम्पसका विधार्थी युध्द बरालका अनुसार “कन्जर्भ टु प्रिजभ ग्रिन” भन्ने मुल नाराका साथ उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको हो । आफुहरू टुरिजमको विधार्थी रहेको र सफा सुन्दर ठाँउ नै टुरिष्टहरूका लागी आकर्षण हुने हुँदा आँफुहरूले यो कार्य गरेको बताए।
यस सरसफाई कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पसका विद्यार्थीहरु,मिलेर मेथलाङ सफाइ गरेका हुन । हाल समाजिक सञ्जालमार्फत चर्चामा आएको मेथलाङ अन्तरिक पर्यटकको केन्द्र बन्नु का साथसाथै बिहानको पैदल यात्री र बिदाको दिन स-साना बालबालिकाहरुको लागि रुचिको स्थल बनेको छ।
प्रभिन क्षेत्रि, बी.एम.टि.एम का विद्यार्थीका भनाई अनुसार, ”उनीहरु पर्यटकका विद्यार्थी भएकाले वातावरण र त्यसको सरसफाईले पर्यटकलाई निकै नै प्रभाव पार्ने गर्दछ। त्यसैले यस कार्यक्रमबाट उनिहरुले फोहोरमैलाको उचित व्यवस्थापन र स्वच्छ वातावरणको अभ्यासलाई जोड्ने लक्ष्य राखेको छन्।”

Comments are closed.