टोल निमार्णमा जुटे खहरे प्रगतिशीलका युवाहरु

पोखरा २३ चैत्रः
गरे के हुँदैन ? भन्ने अभिप्रायका साथ छोरेपाटन –१७ मा क्रियाशिल खहरे प्रगतिशील युवा संजाल वेलघारीले खहरेपाखामा रहेका गोरेटोबाटो मर्मतको साथै खाल्डा खुल्डी पुर्दै टोल निर्माणको कार्यक्रम शुरु गरेको छ । बर्षाको समय शुरु हुन लागे सँगै बाटोमा हिँड्नको लागि बृद्ध,बृद्धा, बालवालिका लगायत अन्य सबैमा धेरै समस्या भइरहेको हुनाले बाटोमा रहेका खाल्डाखुल्डी पुर्ने र आवश्यक ठाउँमा मर्मत गर्ने कार्य शुरु गरिएको युवा संजालका अध्यक्ष नन्द बहादुर पूनले बताउनुभएको छ । साथै उहाँले तक्कालिन आवश्यकतालाई मध्यनजर गर्दै कुनै सरकारी बजेट बिना नै यस टोलको समस्यालाई यस टोलको समुदायबाट नै गर्नुपर्छ भन्ने अभिप्रायले टोलबासीबाट आर्थिक तथा श्रमदान एवंम देश विदेशमा रहनुभएकाहरुको केही सहयोगमा काम अघि बढाईएको बताउनुभएको छ । काम धेरै बाँकी र वर्षा अगाडी समयमै पुरा गर्नुपर्ने भएकाले सहयोगी मनहरुलाई सहयोगको लागि अनुरोध गर्दे सो निर्माण कार्यमा सहयोग गर्नुहुने स्थानीय जनसमुदाय तथा देश विदेशमा रहनुभएका सबै सहयोगदाताहरुलाई विशेष धन्यबाद दिनुभएको छ ।

Comments are closed.