चैत, ७ पोखरा /पोखराको ड्यामसाईडमा ट्रकले मोटरसाईकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ । ग १ ख ९४५ नम्बरको ट्रकले ग ६ प ७१ ६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पोखरा १७ विरौटाका १९ बर्षीय अनिल तामांगको ज्यान गएको हो । उनको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनापछि प्रहरीले ट्रक र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
Comments are closed.