हटलाइन संवाददाता
पोखरा, ३ पुस
पर्यटकीय क्षेत्र लेकसाईडमा रहेको ट्राभल वान नेपालले अंग्रेजी नयाँ वर्षमा सडक यात्रा मार्फत पोखरा आउने पर्यटकलाई टिकटमा छुट दिने भएको छ । प्रालिले आफना बस मार्फत अग्रेजी नयाँ वर्षमा रेवानले आयोजना गर्ने सडक महोत्सवमा आउने पर्यटकलाई लक्षीत गरि टिकटमा छुटको योजना ल्याएको म्यानेजिङ डाइरेक्टर शुभाष भण्डारीले बताए । उनका अनुसार छुट शुक्रबारदेखि पुस १२ गतेसम्म टिकट बुकिङ गर्ने यात्रुका लागी मात्रै भएको बताए । भण्डारीका अनुसार एकतफी अर्थात पोखराबाट काठमाडांै जानेलाई मात्र १० प्रतिशत र पोखरा काठमाडौ दोहोरो आउने जानेलाई १५ प्रतिशत छुटको ब्यवस्था गरिएको भण्डारीले बताए । शुक्रबारदेखि पुस १२ गतेसम्म टिकट बुकिङ गर्नेका लागि छुट रहेको भने त्यसको उपयोग भने पुस १७ गतेभित्र गर्नुपर्ने छ ।
सडक मार्गबाट पोखरा भित्रिने पर्यटकलाई लक्षित गदै प्रालिले गत मंसिर २६ गतेबाट स्तरीय दुई ओट पर्यटक बस सेवा संचालनमा ल्याएको थियो । पोखराका शुभाष भण्डारी, खेलाडि दिपकबहादुर गोदार, महेन्द्र अधिकारी र लेखनाथ भण्डारीले एक करोड ४५ लाखको लगानीमा बस संचालनमा ल्याएका हुन् ।
पोखराबाट काठमाडौं र काठमाडौंबाट दैनिक एक÷एक बस संचालन गदै आएको ट्राभल वान नेपालका म्यानेजिङ डाइरेक्टर भण्डारीले बताए । “सडक मार्ग मार्फत् पोखरा आउने पर्यटकलाई सहज र आरामदायी यात्राका लागि पर्यटकीय बस संचालन गरेका हौ” उनले भने ।
Comments are closed.