पोखरा १५ चैत ।पर्वतीय खेलकुद प्रतियोगिता अन्र्तगत नेपाल ट्रयाथोलन एशोसियन नेपालले आयोजना गरेको तेस्रो साउथ एशियन ट्रायथोलन च्याम्पियनसीपको उपाधि भारतका इल मनिषले जितेका छन् ।
लेखनाथको बेगनासतालमा शनिबार भएको प्रतियोगितामा १५ सय मिटर पौडी, ४० किलोमिटर साइक्लिङ र १० किलोमिटर दौड दुई घण्टा ४० मिनेट १९ सेकेण्डमा दुरी पुरा गर्दै उहाँले उपाधि जिते । प्रतियोगितामा २ घण्टा ४२ मिनेट २१ सेकेण्डमा दुरी पुरा गरी नेपाल आर्मीका टिकाराम थापा दोस्रो भए । विजेता खेलाडिले मेडल सहित अवार्ड प्राप्त गरे ।
त्यस्तै, साउथ एशियन महिला ट्रायथोलनमा ६ जना प्रतिस्पर्धीलाई पराजित गदै भारतकी पुजा चौरासियाले उपाधि जितिन् । सातसय मिटर पौडी, १० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड एक घण्टा ३३ मिनेट ४६ सेकेण्डमा पुरा गदै उपाधि जितेकी हुन् ।प्रतियोगिता अन्र्तगत ७ सय ५० मिटर पौडी, १० किलोमिटर साइक्लिङ र ५ किलोमिटर दौड तय गरिएको स्प्रिन्टमा वसन्त थारु १ घण्टा २६ मिनेट १९ सेकेण्डमा दुरी पुरा गदै प्रथम हुदाँ हिमाल टमटाले १ घण्टा २९ मिनेट ५३ सेकेण्डमा दुरी पार गदै दोस्रो भए ।
महिलामा स्प्रिन्ट तर्फ ब्रोलयान रुसेल पहिलो, द्धवाथलन प्रतियोगितामा पुरुष तर्फ मनबहादुर थापा मगरले २ घण्टा ३ मिनेटमा दुरी पार गर्दै उपाधि जिते ।स्टान्डर ट्रयाथोलन पुरुष तर्फ विल्सन लोले २ घण्टा ४५ मिनेटमा दुरी पार गर्दै उपाधि आफ्नो पोल्टामा पार्दा महिलातर्फ जेहुवी यानले ३ घण्टा २७ मिनेटमा दुरी पुरा गर्दै उपाधि हात पारे । प्रतियोगितामा विजयी खेलाडिलाई प्रमाण पत्र सहित अवार्ड प्रदान गरिएको थियो ।
Comments are closed.