ठुलि पोखरी सरसफाईमा लामाचौरवासीहर

लामाचौर ९ भदौ
फिर्के बुलौदि सरसफाइको सिको गर्दै पाखरा उपमहानगर १९ लामाचौर ठुलि पोखरी शहर डहर वासीहरु सरसफाइ अभियानमा जुटेका छन ।हरेक शनिवार यस क्षेत्रका वासिन्दाहरु सरसफाइ अभियानमा जुटेका छन र सरसफाइ अभियानको नेतृत्व गरेका छन स्थानिय अभियन्ता पुर्व प्रहरी निरिक्षक हरि वहादुर वरुवाल ले ।
त्यसो त दैनिक जसो वरुवाल सरसफाइको अभियानमा स्थानिय अमला विसाउनिमा रहेको खानेपानि ट्यांकी वर पर एक्लै सरसफाइ अभियानमै भेटिन्छन ।दैनिक विहान एक घण्टा उनि दैनिक चर्या झै सो क्षेत्रको सरसफाइ उनकोे नियमितता हो ।
सचेतनाको अभावमा अमला विसाउनीमा रहेको पानि ट्याकी वरपर फोहर फाल्ने डम्पिगं साइट वनाइएकाो छ ।करिव ३ ट्रक भन्दा वढि संकलित फोहर पोखरा उपमहानगरपालिकाको फोहर फाल्ने गाडिमा पठाइ सकेका छौं तर अझै सकिएको छैन वरुवालले भने ।
खानेपानि ट्याकींको वरीपरी गाडिएको अवस्थामा प्लास्टिक जन्य ,सिसा र मुख्यतया महिलाले रजश्वला हुदा प्रयोग गरेका प्याड अत्यधिक मात्रामा फेला परेको सरसफाइ अभियानमा लागेका स्थानिय ले वताए ।
टयांकीको मुख खलारहेको छ सोहि सतहमा गाडिएका फोहरको रसायन सोझै पानिमा मिसीएको छ र जसले गर्दा टंकीको पानि प्रदुषित वनेको प्रस्टै छ अभियन्ता हरि वरुवालले भने।
भोटिखोला खानेपानि आयोजना अन्र्तगतको पिउने पानि संकलनका लागी लामाचौरको अमला विसाउनीमा खानेपानि संस्थानले वि.संं२०३५ मा ५ घनमिटरको ट्याकी. निर्माण गरेको हो र रेखदेखका लागी कर्मचारी खटाएको छ तर टंकी वरीपरि हुने गरेको फोहरका वारेमा कर्मचारीनै वेखवर छन ।
यहां संकलित पानि पोखरा उपमहानगर पालिकामा वितरण हुन्छ ,विरौटा पृथ्विचोक सम्मकाले पिउछन तर संकलन गर्ने ठाउंनै प्रदुषित छ भने श्वच्छ पानि कसरि पाउने ।
पानि टंकी नजिकै कृया पुत्री घर ,लामाचौर कै गौरव एतिहासीक ठुलिपोखरी रहेका छन र यसक्षेत्रका प्रदुषण ले सवैलाइ असर गरेको छ।
रिटायर्ड लाइफलाइ उपयोग गर्दै सरसफाइ अभियान संगै वातावरण स्वच्छ राख्न लागिपरेका पुर्व प्रहरी निरीक्षक हरि वरुवाल को प्रयास लाइ सवैले साथ दिए मात्र वातावरण मा स्व्च्छता कायम गर्न सकिन्छ अन्यथा उनले दिनभरी सफा गर्ने र रातभरी अरुले फोहर फाल्ने भए उनको अभियान ले के सार्थकता पाउला र …….

Comments are closed.