डा. केसीको अप्ठ्यारो माग

डा. के.सी. आमरण अनसनमा बस्नु भएको पाचौंं श्रृँखलाको आज १२ दिन भएको छ । के.सी.को अनसनले मेडिकल माफियाहरुको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । सरकार पनि गलत मेडिकल कलेजहरुलाई सम्बन्धन दिने कामबाट पछि हटेको छ । तर डा. के.सी.को दोस्रो माग भने साह्रै अप्ठ्यारो छ । डाक्टर सापले गर्नु भएको दोस्रो मागमा भ्रष्टाचारीहरु सबैलाई कारवाही गर्नुपर्ने रहेको छ । नेपालमा भ्रष्टाचारी सबैलाई कारवाही गर्न असम्भव छ ।

डा. सापको अनसनमा ऐक्यबद्धतामा सामेल हुन आएका र साख्खुले भएका नेता, प्रशासक, मानव अधिकारकर्मी, चिकित्सकहरु पनि भ्रष्ट नै छन् । अब सबै भ्रष्टचारीलाई कारवाही गर्दा तिनीहरुलाई पनि गर्नुपर्ने हुन्छ ।
सबै भ्रष्टाचारीलाई कारवाही गर्दा सिंहदरबार, शितलनिवास बालुवाटार सबै कारवाहीमा परेपछि सबै अड्डा अदालत आयोग, निकाय खाली हुन्छन् । अनि कसले कसलाई कारवाही गर्ने ? कारवाही गर्ने नै कारवाहीमा पर्नु पर्ने भएपछि कसरी कारवाही हुन्छ ? यस्तो अप्ठ्यारो माग नगर्नुस् न डाक्टर साप ।

Comments are closed.