मेडिकल शिक्षामा सुधारको माग राखेर दशौ पटक आमरण अन्नसन वसेका डा गोविन्द केसीले साडे दुई वर्षका वालकको हातवाट जुस पिएर टुटाएका छन। विगतमा पनि उनले यीनै मागहरू राखेर पटक पटक आमरण अन्नसन वसेका थिए।जति पटक सहमति गरे पनि कार्न्वयन नहुदा पटक पटकको अन्नसन गर्नु उनको वाध्यता वनेको छ। यसपटक त्रिभुवन विश्वविद्यालय का उपकुलपति र चिकित्साशास्त्रका नव निर्वाचित डिनको राजीनामा नभै सहमति नगर्ने केसीको अडान थियो। डीनको राजीनामा संम गराउन सफल भए पनि उपकुलपतिको राज़ीनामा गराउन सकेनन। नीतिगत सुधारका मागमा व्यक्ति तोकेर राजीनामा माग्दा सतप्रतिशत पुरा हुन नसकेको हो। अामरण अन्नसनमा उत्रेका डा केसीले लिएको आन्दोलनको बीधी नयॉं होईन। यो माहात्मा गान्धीले प्रयोग गरेर सफल भैसकेको बीधी हो। सरकार इमान्दार हुने हो भने डा केसीले एघारौ पटक आमरण अन्नसन वस्नु पर्ने छैन। तर सहमति अनुसार वढने इमान्दारिता सरकारमा कहिल्यै देखिएन। नवौ अन्नसन दशै भनेर आफैले रोकेको वाहेक आठै अन्नसन टुटाउदा सहमति भएका कुराहरू कार्यन्वयन गरिदिएको भए दशौ आमरणअन्नसनको हुने थिएन। मेडिकल शिक्षा जस्तो संवेदनशील विषयलाई सामान्य किसिमले लिएर जथाभावी मेडिकल कलेज खोल्ने , मनपरि शुल्क असुल्ने, प्राध्यापक तथा डीन नियुक्ति वीना आधारमा गर्ने। मेडिकल पढने विद्यार्थीको भर्ना संख्य मन परि तोक्ने जस्ता वेथिति वढे पछि सुधारको माग राखेर अगाडि वढदा उनी सफल भएका हुन। उनले आफूलाई केन्द्रमा राखेर आन्दोलन गरेको भए कसैको साथ हुने थिए। सम्पूर्ण नेपाली जनताको स्वास्थ्य प्रति चासो राखेर गुणस्तरीय स्वास्थ्यको मुल विषयमा उनको स्पष्ट अडान थियो। त्यै नैतिक आधारले उनलाई सफल वनाएको हो। डा केसीको आन्दोलनले सिकाईको पाठ के हो भने स्वार्थ नराखिकन थालेको जुनसुकै आन्दोलन पनि सफल हुन्छ। राजनीतिज्ञहरूले उनीवाट सिक्नु पर्ने महत्वपूर्ण कुरा हो देश र जनतालाई केन्द्रमा राखेर आन्दोलन गरियो भने त्यसले सफलता पाउन सक्द छ। अन्यथा सवै आन्दोलनहरू क्षणिक मनोरन्जन वाहेक केही हुने छैनन।
Comments are closed.