डा. केसी फेरि अनसन बस्ने

२ असोज, काठमाडौं ।

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै पटक पटक अनसन बस्दै आएका प्राध्यापक डा। गोविन्द केसील भोलीदेखि फेरी आमरण अनसन बस्ने बनाएका छन् ।
आफूसँग भएका सम्झौता कार्यान्वयन गर्न असोज २ गते सम्मको अल्टिमेटम दिएका प्राध्यापक डा। केसीले कार्यान्वयन हुने अवस्था नभएकाले सोमबारदेखि फेरि अनसन बस्ने बताएका हुन् ।काठमाडौं विश्वविद्यालय प्राध्यापक संघको तेस्रो अधिवेशनमा शुभकामना दिँदै डा। केसीले स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रको विकृति हटाउने अभियान अझै जारी रहेको बताए ।‘विकृतिविरुद्ध हामी फेरि लड्छौँ, अभियान अझै टुंगिएको छैन,’ उनले भने, ‘हाम्रो अभियानमा हिजो पनि सहयोग गर्नुभएको थियो, फेरि पनि तपाईंहरुको समर्थनको जरुरी छ ।’ यसअघि आठ पटक अनसन बसेका केसीसाग सरकारले ४ बुँदे सहमति गरेपछि अनसन तोडेका थिए ।

Comments are closed.