डा केसी सर्वोच्च अदालतमा उपस्थित

डा गाविन्द केसीकोे पक्राउको विरोधमा मङ्गलबार माइतीघर मण्डलामा आयोजना गरिएको प्रर्दशनमा सहभागीहरु । तस्वीर ः रोशन सापकोटा÷रासस

काठमाडौँ, २५ पुस  ः वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा आज विहान उपस्थित हुनुभएको छ ।
सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी आज बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई सोमबार आदेश गरेको थियो ।
डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबार अनशन शुुरु गर्नुभएको थियो । अनशन स्थलबाट सोमबार साँझ ८ बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो ।(रासस)

Comments are closed.