डा. कोइराला रिसर्च ईन्स्टिच्युट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी को पाँचौँ साधरण सभा सम्पन्न

पोखरा हटलाइन,
डा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी को पाँचौँ साधरण सभा पोखरामा एक कार्यक्रम का बिच सम्पन्न भएको छ। वि.सं. २०७३ सालमा स्थापित उक्त गैर नाफामुलक संस्था नेपालको जैविक विवधता संरक्षण साथै जैविक प्रविधि उपयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाका संस्थापक पोखरा निवासी वरिष्ठ अनुसंधान वैज्ञानिक डा. निरञ्जन कोईराला ले बताउनु भयो ।
कार्यक्रममा डा. निरञ्जन कोइरालाको अध्यक्षतामा ,नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरू बराल को प्रमुख आतिथ्यता, गण्डकी प्रदेश नीति तथा योजना आयोग का सदस्य डा.सुवास अधिकारी को विशिष्ट आथित्यता साथै प्रोषणबिद डा.सुधाश्री अधिकारी, डा.केशव भट्टराई र वसन्त बरालको आतिथ्यता रहेको थियो। सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि गुरू बराल ले “ वनस्पति अनुसन्धान तथा पर्यावरण संरक्षणमा क्षेत्रमा यस संस्थाले पुर्याएको योगदान को प्रशंसा गर्दछु भने अनुसन्धान क्षेत्रमा निरन्तर अगाडि बढ्न मेरो शुभकामना संगै यस मेरो पूर्ण साथ सहायोग हुनेछ।“ साथै हाम्रै मुलुकभित्रका जडिबुटीहरू लाई आफैले प्रशोधन गर्नुपर्ने कुरामा जोड दिनुभयो।अन्त्यमा बोल्दै यस सँस्थाका संस्थापक डा. निरञ्जन कोइरालाले नेपालमा जडिबुटीहरू घाँस दाउरा रूपमा खेर गाई रहेको साथै प्रशोधन अभावमा सस्तोमा बिक्री गरीरहेको र सोहि जडिबुटीका प्रशोधित औषधिहरू महँगोमा खरिद गर्नु परेको तितो यार्थलाई प्रस्तुत गर्नुभयो ।

त्यस्तै विशिष्ट अतिथि डा. सुबास अधिकारीले कृषि तथा वन मन्त्रालय संग सहकार्य गरेर अगाडि बढ्नुपर्ने कुरा बताउनु भयो ।
नेपालमा देखिएको फोहोरमैला तथा वातावरण सम्बन्धि समस्याको प्रसंगमा बोल्दै डा. कोइराला ले “फोहोर लाई मोहोरमा बदल्न फोहोर बाट बायोग्याँस, बायोडिजेल, बायोइलेक्ट्रिसिटीका रूपमा उत्पादन गर्न सकिने कुरालाई बेजोड ढङ्गले प्रस्तुिकरण गर्नुभयो। देशका विभिन्न भागका जडिबुीहरूमा अनुसन्धान गरेर अन्तराष्ट्रिय स्तरका जर्नल हरूमा प्रकाशित गरेका कुराको पुष्टि गर्नुभयो । साथै देश एवम् जनता को समृदिको लागि अनुसन्धान क्षेत्रमा प्रयाप्त बजेटको विनियोजन गरीदिनु हुन सम्पूर्ण सरोकारवाला हरूमा अपील समेत गर्नुभएको छ ।  यस्तै कार्यक्रममा अन्य वक्ताहरुले पनि आ आ–आफ्नो धारणा राखेका थिए ।

Comments are closed.