डा राणालाई ‘पोखरा रत्न’ सम्मान

unnamedपोखरा, १० वैशाखर/रेडियो अन्नपूर्णको १५ औँ स्थापना दिवसको अवसरमा ‘पोखरा रत्न सम्मान’बाट डा कुमार शम्शेर राणालाई सम्मान गरिने भएको छ ।

विगत पाँच दशकदेखि चिकित्सा पेसामा संलग्न डा राणाले स्वास्थ्य क्षेत्रमा पु¥याउनुभएको योगदानस्वरुप सो सम्मान प्रदान गर्न लागिएको हो ।  यही वैशाख १२ गते हुने रेडियोको वार्षिकोत्सवको अवसरमा डा राणालाई रु २५ हजार ५५५ र ताम्रपत्रद्वारा सो सम्मान प्रदान गरिने रेडियोका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
छयत्तर वर्षको उमेरमा पनि बिरामीको सेवा गर्दै आएका उनी पोखराको न्युरोडस्थित प्राइम नर्सिङहोममा कार्यरत छन् ।

Comments are closed.