काठमाडौ, ५ असार(एजेन्सी) : जर्मनीमा पारपाचुके अर्थात् डिभोर्सपछि एक व्यक्तिले गरेको काम भाइरल भएको छ । डिभोर्सपछि ती व्यक्ति र उनकी पत्नी लाराले घरको सामान आधा-आधा बाड्ने फैसला गरे । तर, डेर नामका ती व्यक्तिले घरको सामान आधा-आधा काटिदिए । यसमा कार, बेड, आईफोन, ल्यापटप, एलईडी, सोफा जस्ता प्रमुख चीजहरू रहेका छन् ।
डेरले उक्त सामानको एक भिडियो समेत बनाएर युट्युबमा हालेका छन् । भिडियोमा डरले भनेका छन्, ‘लारा… यी सबै तिम्रो लागी । १२ वर्षसम्मको साथका लागि तिमीलाई धन्यवाद ।
डेरले सामान बेच्नका लागि ई-बे मा तस्वीर पोष्ट गरेका छन् । उनले अमेरिकन ग्राहक समेत भेट्टाएका छन् । सिपिङ्ग चार्जका कारण सम्झौता अड्किरहेको छ । डेरले भने, ‘तिमी पैसा पठाऊ म सामान पठाउँछु ।
Comments are closed.