चीरञ्जीवी पौडेल
पोखरा ९,चैत विश्व प्रसिद्ध खेल बील्लीयाार्ड स्नुकरको खुल्ला प्रतिस्पर्धा (डीपलभ स्नुकर ओपनिङ च्याम्पियनसिप टुर्नामेन्ट २०७८) पो म पा २ बागलुङ बसपार्कमा बैशाख १० गते बाट शुरु हुने भएको छ । यस खेल लाई व्यवसायिक स्वरुप दिन विगत २२ वर्ष देखी आँफु लागि परेको कारणले आँफुले बारम्बार यस्तो प्रतियोगिता आयोजना गर्ने गरेको डीपलभ स्नुकर क्लबका संचालक तथा कास्की जिल्ला बील्लीयाार्ड स्नुकर संघका अध्यक्ष दिलीप कुमार साईले आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रममा बताए ।साथै नव निर्मित सुबिधा सम्पन्न दिपलव स्नुुकर क्लबको उदघाटन कार्यक्रम पनि सम्पन्न भएको छ । उक्त प्रतिस्पर्धामा विजयी खेलाडीलाई प्रथम पुरस्कार रु ७५,०००।, द्धितिय पुरस्कार रु ३०,०००। ,र तृतीय पुरस्कार दुइजनालाई जनही १०÷१० हजार रुपैया राखिएको आयोजकले जानकारी दिएका छन् । साथै खेलमा सबै भन्दा धेरैको ब्रेक(जष्नजभकत दचभबपभच ) गर्नेलाई नगद रु १५,०००। रुपैंयाको व्यवस्था गरिएको छ ।उक्त प्रतियोगिता सम्पन्न गर्न करिब पाँच लाख रुपैंया .खर्च लाग्ने आयोजकको अनुमान रहेको छ । साथै यस प्रकारको खेल र खेलाडी प्रोत्साहनको लागि चालिएको कदममा कुनै किसिमको व्यक्तिगत वा संस्थागत सहयोगलाई स्वागत गरिने अध्यक्ष तथा संचालक साईले बताएका छन् ।उक्त प्रतिष्पर्धामा १० जना निर्णायक र ३० जना मार्कर (रेफ्री ) अनुबन्धन गरिएको छ ।
साथै खेललाई मर्यादीत बनाउन वरिष्ठ खेलाडीहरुको ६ सदस्यीय अनुशासन तथा अनुगमन समिति समेत गठन गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष दिलीप कुमार साईले जानकारी दिए । कार्यक्रममा यसै क्लबबाट खेल्ने खेलाडी नेपाल स्नुकर च्याम्पियनसिप नवौं स्थानमा पर्न सफल बिकास महर्जर्न पार्सा र पाँच पटक सम्म पोखरा च्याम्पियनसिप विजेता मनिष प्रधानलाई सम्मान गरिएको थियो । दीपलभ स्नुकर क्लब पोखराको एउटा अनुशासित क्लबको रुपमा स्थापित भएकोमा आँफुलाई खुशि लागेको अनुभव कार्यक्रममा सहभागी खेलाडी तथा मिडिया नेपाल कास्कीका उपाध्यक्ष सुरेश शील्पकारले बताए।
Comments are closed.