डुंगा दौडको उपाधि बाराही घाटलाई

पोखरा, २९ चैत-
पश्चिमाञ्चल होटल संघ पोखराको आयोजनामा बसुन्धरा पार्कमा जारी १२ औं फेवा नवबर्ष महोत्सवमा भएको डुंगा दौड प्रतियोगिताको उपाधि बाराही घाट समूहले पाएको छ ।
फेवातालमा आयोजित प्रतियोगितामा पहारी घाट समूह दोश्रो र फिस्टेल घाट समूह तेश्रो भए । प्रतियोगिता संयोजक तिलकबहादुर अधिकारीका अनुसार कूल १८ टोलीले पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए । संघका अध्यक्ष भरतराज पराजुलीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
फेवा तालको संरक्षणमा चेतना जगाउन तथा पर्यटन प्रवद्र्धनका लागि यस्तो दौड आयोजना गरिएको पराजुलीले बताए । प्रतियोगिता संयोजक अधिकारीका अनुसार महोत्सव स्थल बसुन्धरा पार्कबाट प्रतिस्पर्धीहरु बाराही मन्दिर घुमेर पुनः पार्कमै आइपुगेका थिए । प्रतियोगितामा प्रथम हुनेले १२ हजार, दोश्रो हुनेले ८ हजार र तेश्रो भएको समूहले पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

Comments are closed.