पोखरा १६ चैत ।डेमसाइड क्लब, पोखरा भ्याली स्पोर्टस् क्लब, गार्डेन एफसी र सहारा क्लब पोखरामा जारी स्व. बलराम केसी स्मृति अन्तरक्लब कास्की जिल्लास्तरीय लिगकम नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।कास्की जिल्ला फुटबल सङ्घको व्यवस्थापनमा आइतबार भएको पहिलो क्वाटरफाइनलमा डेमसाइड क्लबले विष्णपादुका क्लब हेमजालाई ४–२ ले पराजित ग¥यो।
दोस्रो खेलमा पोखरा भ्याली स्पोर्टस् क्लबले संगम एफसीलाई टाइब्रेकरमा ४–३ ले हरायो। तेस्रो खेलमा गार्डेन एफसीले एलजी एशोसिएसनलाई टाइब्रेकरमा ४–२ ले पाखा लगायो। चौथो खेलमा सहारा क्लबले सत्य युवा क्लब बाझापाटनलाई २–१ ले पन्छायो। जिल्ला खेलकुद विकास समिति कास्कीको आयोजनामा जारी चौथो वृहत् खेलकुद महोत्सव–२०७१ अन्तर्गत सोमबार कुनै पनि खेल हुने छैनन्।म·लबार डेमसाइड क्लब र गार्डेन एफसीबीच बिहान साढे सात बजे पहिलो तथा पोखरा भ्याली स्पोर्टस् क्लब र सहारा क्लबबीच नौ बजे दोस्रो खेल हुने कास्की जिल्ला फुटबल सङ्घका कार्यालय सचिव आशिषमान सिंह भण्डारीले जानकारी दिए।
Comments are closed.