पोखरा हटलाईन
भदौ २३,पोखरा,
पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानिले महेन्द्रपुलको सार्बजनिक जग्गा खालि गराउने योजना आफुलेआफ्नो चुनावी घोषणा पत्रमा नै उल्लेख गरेको बताएका छन्।बिहिबार बिहान पोखराको महेन्द्रपुल चोकैमा बर्षौ देखि रहि आएका पसल तथा संरचनाहरुमा डोजर चल्यो।पोखरा महानगरपालिकाले वडा नं.९ महेन्द्रपुल स्थित आफ्नो स्वामित्वमा रहेको आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालय लगायतका सटरहरूमा डोजर चलाएको छ । भवन तथा सटरहरूमा व्यवसाय सञ्चालन गरिरहेका संस्था तथा व्यवसायीहरूलाई खालि गर्नका लागि ३५ दिने सूचना दिएर महानगरपालिकाले ३६ औँ दिनमा डोजर चलाएको हो ।

महानगर पालिकाको स्वामित्वमा रहेको सार्बजनिक जग्गामा रहेका पसलहरुले बिगत ३ बर्ष देखि महानगर लाई तिर्नु पर्ने भाडा बक्यौता समेत् तिरेका छैनन्।साथै बिगत् ३ बर्ष अगाडि नै महानगर र ब्याबसायि बिचको सम्झौताको म्याद् समेत् समाप्त भ ई सकेको थियो।यस कार्यको लागि यस अघाडिको वडाध्यक्षको कार्यकालमा प्रयास भए पनि सफल हुन नसकेको र आफ्नो घोषणा पत्रको प्रतिबद्दता पनि पुरा गर्नुपर्ने जिम्मेवारी आफुले पुरा गरेको वडाध्यक्ष मर्सानिले पोखरा हटलाईनलाई बताए।पोखराको ब्यस्त बजारमा पर्ने उक्त सार्बजनिक स्थल मा बनेको भवन जिर्ण भ ईसकेकोले त्यस बाट सम्भावित दुर्घटनाको जोखिमका करण उक्त भवन् हटाई जग्गा खालि गर्न लागिएको वडा सदस्य नन्दराम गिरीले बताए।पोखरा महानगरपालिका भित्र गैर कानुनी रूपमा बनेका सबै संरचनाहरू हटाउने अभियानको सुरुवात वडा नं. ९ बाट गरिएको वडाध्यक्ष दीपेन्द्र मर्सानीले बताए । “गैर कानुनी रूपमा बनेका संरचनाहरू हटाउन महानगर आफैले आफ्नो स्वामित्वमा रहेको भवनबाट सुरु गरेको छ, अव यो अभियान पोखरा भरि लागु हुन्छ र हटाइन्छ, मर्सानीले बताए, जो अवैध रूपमा निर्माण गरिएको छ, त्यो रहन्न, भत्कन्छ ।” महेन्द्रपुल चोकमा रहे क्षेत्रीय हुलाकको कम्पाउन्ड समेत भत्काइने वडा कार्यालयले जनाएको छ। करिब ३० वटाको हाराहारिमा पसलहरुको भाडा बक्यौता बांकि रहेको र उक्त रकम सरकारी बांकि सरह असुल उपर गरिने वडा सचिब कुलराज पौड्याल ले बताए। सटरहरुबाट रु.१ करोड ८७ लाख बढि भाडा असुल उपर गर्न बाँकी छ ।
Comments are closed.