ड्यामसाइड टोल विकासमा पुनः बराल

पोखरा, ४ बैशाख-
पोखराको ड्यामसाइडस्थित ड्यामसाइड टोल विकास संस्थाको १४ औ साधारणसभा तथा सातौ अधिवेशनले पुनः शिवजी बरालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
संस्थाको उपाध्यक्ष वेदु सापकोटा, सचिव हरिकुमार श्रेष्ठ, सहसचिव उषा श्रेष्ठ, कोषाध्यक्ष शिवमाया श्रेष्ठ चयन भएका छन् । सदस्यमा अमृता थापा, जमुना भट्टराई, गीता परियार, वीणा श्रेष्ठ, गीता लिगल, जमुना बराल, बुद्धिमाया तामाङ, कमला भट्टराई चयन भएका छन् ।
यसैबीच, सरसफाई समितिमा कोपिला परियार संयोजक रहेको ३ सदस्यीय समितिको सदस्यमा शान्तिमाया थापा र निर्मला गौचन छन् । ऋषि समिति संयोजकमा दुर्गाप्रसाद लिगल र सदस्य शुकदेवी गुरुङ चयन भएका छन् । संस्थाको संरक्षकमा विष्णु बराल, कल्पना श्रेष्ठ र शोभा श्रेष्ठ छन् ।
तेस्रो कार्यकालका पनि पुनः चयन भएकी शिवजी बरालले सामाजिक कार्यमा जोड दिदै निर्माणाधीन ड्यामसाइड पार्कलाई पूरा गर्ने, टोलको सरसफाई तथा संस्थाका सदस्यहरुको हितमा काम गर्ने बताइन् । कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

Comments are closed.