तनहुँमा पौडी खेल्ने क्रममा हराई बेपत्ता

तनहुँ ११ बेशाखः दिउसो करिब १२ः३० बजेको समयमा तनहुँमा पौडी खेल्ने क्रममा एकजना १८ वर्षका युवा हराई वेपत्ता भएका छन् ।पौडी खेल्दा हराएका व्यक्ति स्याङजा घर भई हाल जिल्ला तनहुँ ब्यास नगरपालिका–५ मोचाबारी डेरा गरी बस्ने वर्ष १८ को रमेश बि.क. रहेको बताईएको छ । बि.क तनहुँ ब्यास नगरपालिका–५ पटेनी स्थित मादी नदीमा ट्याक्टरमा ढुङ्गा लोड गर्न गएकोमा नदीमा पौडी खेल्ने क्रममा हराई बेपत्ता भएका हुन् । वेपत्ता भएको खबर प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गइ खोजिकार्य तथा थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।।

 

Comments are closed.