समाचार
दमौली,मंसीर ३ गते आइतवार
समाजमा रहेका नागरीकहरु लाई भैतिक एवं नैतिक रुपमा सशक्त बनाउने उद्देश्यले ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्र शाखा दमौलीको आयोजनमा मेडिटेशन र माइन्डपुलनेस विषयक दुई दिवसिय प्रशिक्षण कार्यक्रम तनहुँ कारागारमा आज सम्पन्न भयो ।
सो प्रशिक्षणमा विचारको शक्ति,सात्वविक आहार,सतकर्म,समयको महत्व,मानव जीवन,ध्यान,आध्यात्मिकता आदिको विषयहरुमा प्रशिक्षक ब्रह्माकुमार राजु खड्का र प्रशिक्र्षिका ब्रह्माकुमारी यमुनाले प्रशिक्षण दिनु हुदै सफल जीवनका लागि मानशिक एवं शारिरीक रुपमा स्वस्थ रहनु पर्ने त्यसको लागि आध्यात्मिकता र भौतिकताको सन्तुलको आवश्यकता भएको र साथमा आन्तरीक रुपमा सशक्त जागरुक हुनु पर्ने । आन्तिर रुपमा निरन्तर सशक्त रहनको लागि आध्यात्मिक चिन्तन ध्यान योगको दैनिक अभ्यास गर्नु पर्ने आजको आवश्कता भएको बताउनु भयो ।
दैनिक जीवनमा असल चिन्तन गर्ने विधिको अभ्यास पनि गराईयो ।
जेलर विजयराज पौडेल ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यबmमको संचालन ब्रह्माकुमारी रेश्माले गर्नु भएको थियो ।
प्रशिक्षणमा करीब १२७ जना बन्धिहरुको सहभागिता रहेको थियो ।
Comments are closed.