तपाईको एकभोटले बर्षौ पछुताउन नपरोस – धर्म गुरुङ

पोखरा

कास्की क्षेत्र नं.२ प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिदै गर्दा दलहरुले प्रचारप्रसारको अभियानलाई तिव्रता दिएका छन् । समाजबादी पार्टीले पनि निर्वाचन प्रचार प्रसार अभियानलाई बढाएको छ । वडा नं. १७ मा भएको घरदैलो तथा वडा कार्यालयको उद्घाटन गर्दै समाजबादी पार्टीको उम्मेदवार धर्मराज गुरुङले देश बिकास गर्ने हो भने चुनावमा भ्रष्ट्राचारी र त्यसको वकालत गर्ने पार्टीलाई बहिष्कार गरेर समाजबादी पार्टीमा मतदान गर्नुपर्ने धारण राखेका छन् ।

सँगै उनले अव मतदाताहरु उम्मेदबारको वा दलको सपना पुरा गर्नका लागि नभएर जनताको सपना पुरा गर्ने पार्टीलाई मतदान गर्नुपर्ने बताएका थिए । उनले भने –‘आजसम्म हामीले पुराना दलहरुलाई जिताएर पठायौँ तर जनताका समस्याहरु जहाँका त्यहि छन् । तर नेताको जिवनस्तर बदलिएको छ । नेताले जनताको समस्या समधान गर्ला भनेको त भ्रष्ट्राचारमा फसेर बसेका छन् । यो बेला कोहि तँपाईलाई आँशु वेच्न आउला, कोहि इतिहास बेच्न आउँला तर भोट हाल्नु अघि एकपटक गम्भिरतासाथ सोचेर हाल्नु होला । तँपाईको एकभोटले बर्षौ पछुताउन नपरोस । म धेरै बोल्न जान्दिन , बोल्ने कुरामा भन्दा काम गर्ने कुरामा बिश्वास गर्छु । साँच्चै समृद्ध र भ्रष्ट्राचाररहित समाज बनाउने हो भने समाजबादी पार्टीलाई हात चिन्हमा मत दिएर बिजयी गराउँनुहोस ।’

समाजबादी पार्टीले वडा नं. १७ को वडा कार्यलयको स्थापनासँगै दीपक भण्डारीको संयोजकत्वमा १५१ सदस्यिय वडा निर्वाचन परिचालन समिति समेत गरेको छ ।

Comments are closed.