काठमाण्डौ, २८ भदौ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले महाधिवेशनमा पराजित भएपनि सम्पर्ण कांग्रेसका कार्यकर्ता आफूसँग रहेको बताएका छन् ।
नेपाल महिला संघको अध्यक्षको उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली प्रति कडा आक्रोस व्यक्त गरे ।
पौडेलले काँग्रेसका सस्थापकहरू वीपी, गणेशमान र गिरिजाप्रसाद कोइराला परिवारका सवै सदस्य लगायत अधिकाशं नेता तथा कार्यकर्ताको सर्मथन आफूलाई रहेको भन्दै पार्टिको तेह्रौ महात्रिबेशनमा आफूलाई षड्यन्त्र पूर्वक पराजित गराईएको आरोप पनि लगाए ।
उनले सभापति देउवाको कार्यशैलि प्रति असन्तुष्टि जनाउदै देउवा पार्टीलाई कमजोर तुल्याउने गरी सत्ताको खेलमा लागेको आरोप लगाए । पौडेलले अघि थपे ‘अहिले पनि सत्ताको खेल घिनलाग्दो तरिकाले हुन्छ । पैसा र गुण्डाको खेल विकृत ढंगले हुन्छ भने अनेक षड्यन्त्रको तानाबना बुनेर कांग्रेसलाई कमजोर पार्ने कुरा भएको छ । त्यसका विरुद्ध आन्दोलन गर्न जरुरी छ ।’
भोली देखि सूरु हुने महिला संघको अधिबेशनमा आफ्नो प्यानलले जित्ने उनको दावि थियो ।
महिला संघको महाधिबेशनमा पनि ने।वि संघको जस्तै तिन खेमामा विभाजित हुने देखिएको छ । पौडेल पक्षले मिना पाण्डेलाई अध्यक्षको उम्मेद्धवारको रुपमा अघि सारेको छ भने देउवा र सिटौला पक्षले अहिलेसम्म तय गर्न सकेका छैनन् ।
तेस्रो महाधिबेशन भोली राजधानीको भृकुटिमण्डपमा उद्घाटन हुँदैछ । महादिबेशनमा भाग लिन २२४४ महाधिबेशन प्रतिनिहरू काठमाण्डौ आईसकेको आयोजक समितीले जनाएको छ ।
Comments are closed.