तमु धिंमा लैङ्गिक हिंसा र कानुनी उपचार सचेतना


पोखरा, 
पोखरा महानगरपालिका वडा नं.९, नयाँबजारस्थित तमु धिं नेपालमा शुक्रवार लैङ्गिक हिंसा र कानुनी उपचार विषय सचेतना कार्यक्रम सम्पन्न भएको छ। तमु धिं नेपाल केन्द्रिय आमा समितिले मासिक रुपमा गर्दै आएको सचेतना, प्रशिक्षण, नेतृत्व विकास एवम क्षमता अभिवृद्धि, स्वरोजगार तालिम लगायतका कार्यक्रमहरु अन्र्तगत सचेतना कार्यक्रम सम्पन्न गरेको हो।
तमु धिं नेपाल केन्द्रिय आमा समितिद्धारा आयोजित कार्यक्रममा कार्यक्रमको पोखरा ९, शान्तिदर्शन टोल विकास संस्थाका अध्यक्ष उत्तम जोशीले उद्घाटन गनुभएको थियो भने तमु धिं नेपालकी महासचिव अधिवक्ता जुनाकुमारी गुरुङ प्रशिक्षण दिनुभएको थियो।
अधिवक्ता गुरुङले लिंग, लैङ्गिकता, हिंसाका स्वरुपहरु र नेपालको संविधान, ऐन, कानुनका प्रावधानहरुको बारेमा प्रस्तुती गर्नुहुदै कसैलाई हिंसा नगरौं, हिंसा हुन नदिऔं र कुनै घटना भएमा कानुनी उपचार खोज्नुपर्नेमा जोड दिनुभयो।प्रविधीको विकाससँगै हिंसाजन्य प्रकृतिहरुको नयाँ नयाँ स्वरुपहरुको विकास भइरहेकाले हिंसाका प्रारम्भिक अवस्थामा सर्तकता अपनाउन सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो। सचेत बनौं, सचेत बनाऔं, हिंसारहित सभ्य समाज निर्माण गर्न घरपरिवारबाटै महिला एवम आमाहरु विशेष जागरुक बन्न आग्रह गर्नुभयो। कुनै समस्या देखिएमा कानुनी उपचार खोज्नुपर्दछ, विधि संगत ढंगले समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो। मानवअधिकारको संरक्षण र सवैधानिक, कानुनी व्यवस्थाका बारेमा सबै सचेत रहन सकेमा समाज हिंसारहित बनाउन सहयोग पुग्ने उहाँको भनाई थियो।
कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै विशेष अतिथि उत्तम जोशीले तमु धिं नेपाल आमा समितिले महिला एवम आमाहरुका लागि अत्यावश्यक कार्यक्रम आयोजना गरी तमु आमाहरु मात्र नभई वरपरका टोलका सबै दिदिबहिनीलाई समेटी महत्वपुर्ण विषयमा प्रशिक्षणात्मक सचेतना कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।सबै व्यक्ति आफ्नो अधिकार र कर्तव्यमा रहन सके देखिदै आएको हिंसाका घटनाका पिडाबोध गर्ने अवस्था नआउने उहाँको भनाई थियो।संघ संस्थाको तर्फबाट सचेतना जगाउनु अत्यन्तै उदाहरणीय कार्य हो भन्नुहुदै हरेक नागरिक जागरुक बन्नुपर्ने जोशीको भनाई थियो।
तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले विगतमा महिला हिंसा विरुद्ध अभियानहरु संचालन हुदै आए पनि महिला मात्रै नभई पुरुष र लैङ्गिक हिंसा समाज, टोल र घर घरमा विकृत रुपमा देखिदै आएको बताउनुभयो। हिंसाजन्य उजुरीहरु तमु धिं नेपालमा पनि आउने गरेकाले आगामी दिनमा घर घरभित्र समस्याहरु समाधान गर्न आमा, दिदिबहिनीहरु र समाजका अगुवाहरु सचेत भई लाग्नुपर्नेमा जोड दिनुभयो।
तमु धिं नेपाल केन्द्रिय आमा समितिकी अध्यक्ष पञ्चकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष पवित्रा गुरुङ र सञ्चालन महासचिव विना घलेले गर्नुभएको थियो।

Comments are closed.