तमु धिं नेपाल ३६ औं वर्षमा प्रवेश

शिक्षाविद गणेशबहादुर गुरुङको स्मृतिमा २० लाख ५५ रुपैयाको कोष स्थापना

 

 

पोखरा,

तमुहरुको पुरानो सामाजिक संस्था तमु धिं नेपाल ३५ वर्ष पुरा गरी ३६ औं वर्षमा प्रवेश गरेको छ।पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा विविध कार्यक्रम गरी सोमवार स्थापना दिवस मनाइएको छ।

कोरोनाको महामारीको विषम परिस्थितीमा तमु धिंले सामाजिक दुरी कायम राख्दै संस्थाको प्रगाति र कोरोना महामारी अन्त्यको कामना गर्दै ३६ वटा शान्ति दिप प्रज्वलन गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तमु धिं नेपालका आदरणीय अतिथि दिलबहादुर गुरुङले उद्घाटन गर्नुभएको कार्यक्रममा सहभागी क्षेत्रीय अध्यक्षहरु लगायतले दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रममा तमु धिं नेपालका सल्लाहकार प्रमुख, वरिष्ठ समाजसेवी, शिक्षासेवी स्वर्गीय गणेशबहादुर गुरुङको परिवार तथा आफन्तजनबाट आगामी वर्षदेखि तमु धिं नेपालको स्थापना दिवसमा एक जना शैक्षिक र एकजना सामाजिक क्षेत्रका व्यत्तित्वलाई सम्मानका लागि २० लाख ५५ रुपैयाको अक्षयकोष स्थापना गरिएको छ।कोष स्थापनाका लागि उक्त रकमको चेक स्वर्गीय गुरुङको बहिनी लक्ष्मी गुरुङ, छोरा समिर गुरुङ र बुहारी डा.महिमा गुरुङले तमु धिं नेपालका कार्यबाहक अध्यक्ष हुमबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो। रकम हस्तान्तरण गर्दै छोरा समिर गुरुङले अक्षयकोष स्वर्गीय बाबाकै चाहाना भएकाले परिवार र बहिनी, भाञ्जा भाञ्जीबाट कोष स्थापनाको शुरुवात गरिएको भन्नुहुदै आगामी दिनमा कोष बृद्धि गरिदै लगिने उद्घोष गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथि तमु धिं नेपालका आदरणीय अतिथि दिलबहादुर गुरुङले स्थापनाको शुभकामना व्यक्त गर्नुहुदै संस्था स्थापनाको उद्धेश्यलाई आत्मसाथ गर्दै सबैको साथ सहयोगबाट संस्था बलियो र संस्था अत्यन्तै क्रियाशील बनाउनुपर्ने बताउनुभयो। अग्रज र विगतमा योगदान दिएका व्यक्तित्वको सरसल्लाहलाई मनन गर्दै तमुहरुको एकतावद्धता,सेवामुखी संस्था, सबैको भावनाको सम्बोधन गर्ने संस्थाको रुपमा विकास जरुरी रहेको बताउनुभयो। तमु धिंलाई संकट परेको बखत आफुहरुले ऊ बेला नै दुई दुई लाख सहयोग गरेकाले पनि संस्था गर्विलो रुपमा विकास भएको बताउनुभयो। तमु धिंले गुरुयोजना बनाई निर्माणमा चरणमा अझै पनि सहयोग गर्न धेरै तमुहरु तयार रहेको भन्दै स्थापनादेखी हालसम्मको अध्यक्ष कर्म तमुको नेतृत्वलाई सबैको सम्मान रहेको बताउनुभयो।

तमु धिं स्थापनाका लागि पहल गर्नुभएको तमु धिं नेपालका सल्लाहकार अम्बरबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै तमु धिंको स्थापनाको ऐतिहासिकता बारेमा जानकारी दिनुहुदै अब नयाँ पुस्ताको क्रियाशीलता संस्थाले खोजेको बताउनुभयो। सोल्टी ११ देखि बैरागी बनमा भेला र आफ्नै घरमा कार्यालय राखी लुकिछिपी बैठक बसी दिउसी भैलो खेलेर तमु धिंको कार्यालय स्थापना गरेको जानकारी दिनुभयो।

उक्त कार्यक्रममा तमु धिं नेपालले स्थापना गरेको आकस्मिक राहतकोषमा चारभञ्ज्याङ तमु समाजको तर्फबाट अध्यक्ष प्रदिपकुमार गुरुङले ५० हजार तमु धिंका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो।रकम हस्तान्तरण गर्नुहुदै आपतका बेलामा संस्थागत सहयोग गर्न सकियोस भनेर अभिभावक संस्था तमु धिंलाई चारभञ्ज्याङको तर्फबाट रकम हस्तान्तरण गरेको बताउनुभयो।

कार्यक्रममा तमु धिं नेपालले प्रकाशन गरेको क्यालेण्डर प्रमुख अतिथि दिलबहादुर गुरुङ र कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङले सार्वजनिक गर्दै विमोचन तथा वितरण गर्नुभएको थियो।

तमु धिं नेपालका कार्यवाहक अध्यक्ष हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहकोषाध्यक्ष सुवेदार तुलबहादुर गुरुङले स्वागत र महासचिव गिरीप्रसाद गुरुङले कार्यक्रम संचालन गर्नुभएको थियो।

Comments are closed.