तमु साँस्कृतिक प्रतिष्ठानको १५ औं साधारणसभा सम्पन्न



पोखरा, ३० साउन
आर्थिक रुपमा विपन्न ग्रामीण भेगका जेहेन्दार तमु विद्यार्थीहरुलाई अक्षयकोषको स्थापना गरी छात्रवृृत्ति र पुरस्कार प्रदान गर्नुृका साथै विभिन्न श्रष्टाहरुलाई सम्मान गर्दै विशेषतः शिक्षा क्षेत्रमा क्रियाशील तमु साँस्कृतिक प्रतिष्ठान नेपालको सोमवार पोखरामा १५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको प्रमुख अतिथि वरिष्ठ सँस्कृतिकर्मी हिमाली साँस्कृतिक परिवारका अध्यक्ष, प्रतिष्ठानका सल्लाहकार मेनकाजी गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि गुरुङले तमु साँस्कृतिक प्रतिष्ठान नेपालले शिक्षा क्षेत्रमा अत्यन्तै उदाहरणीय कार्य गर्दै आइरहेकोमा प्रसंसा गर्नुहुदै अब मौलिक सँस्कृति संरक्षणमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले क्रमैसँगै मौलिक सँस्कृति लोप हुदै गएकाले प्रतिष्ठानले तमु विद्यार्थीलाई छात्रवृत्तिसँगै उनिहरुको भविष्यका बारेमा पनि सोच्नुपर्ने सुझाव दिनुहुदै प्रतिष्ठानले तमुहरुको एकता, सँस्कृति संरक्षणमा समेत पहल गर्न जोड दिनुभयो ।
सल्लाहकार तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले बैदेशिक रोजगारीमा पुगेका शिक्षित युवाहरुले शिक्षाको आवाश्यकतालाई महसुस गरी स्थापना गरेको प्रतिष्ठानका लागि आफु र तमु धिं नेपाले सक्दो सहयोग गर्ने वचनवद्धता गर्नुभयो । उहाँले तमुहरु सचेत र शिक्षित नभएका कारणले हरेक ठाँउमा हेपिने अबस्था अन्त्य गर्नका लागि पनि तमुहरुको एकताका साथै मंगलवार हुने ट्होटेमा सबैको सहभागीताका लागि आग्रह गर्नुभयो ।
सल्लाहकार एवं तमु धिं युकेका प्रतिनिधी मेजर लक्ष्मीप्रसाद गुरुङले शुभकामना दिनुहुदै तमुहरुको एकता र सचेत भएमा धेरै उन्नति र प्रगति गर्न सकिने उदाहरण प्रतिष्ठानले प्रस्तुत गरेको बताउनुभयो । उहाँले प्रतिष्ठानका हरके कदममा आफु र तमु धिं युकेको साथ रहने बताउनुभयो ।
आजीवन सदस्यहरुको तर्फबाट लिटिलस्टेप उच्च माविका प्रिन्सिपले पम्फा गुरुङले शुभकामना दिनुहुदै शिक्षामा ग्रामीण भेकमा तमु विद्यार्थीलाई प्रतिष्ठानले गरेको सहयोग उदाहरणीय रहेको भन्दै प्रसंसा गर्नुभयो ।
साधारणसभामा प्रतिष्ठानका सचिव श्रीजंग गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन, सहकोषाध्यक्ष कौशिला गुरुङ र विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरिएको थियो ।

Comments are closed.